ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीर्ष नेताहरूबिच समसामयिक विषयमा छलफल


एबीसी न्यूज
२२ जेष्ठ २०८१, मंगलबार   ११ : ४०   बजे

काठमाडौं २२ जेठ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासँग संवाद गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग समसामयिक राजनीतिक सन्दर्भमा छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको शीर्ष नेताको बैठकमा सरकार, संसद्, सङ्क्रमणकालीन न्यायसहित विभिन्न विषयमा छलफल भएको हो । सभापति देउवा र अध्यक्ष ओलीसँगको छलफललगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गर्नुभयो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले संसद् र समितिमा रहेका विधेयकलाई अन्तिम रूप दिने तथा संसद्का कामकारबाहीका सन्दर्भमा छलफल भएको बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि समसामयिक राजनीतिक सन्दर्भमै संवाद भएको जानकारी दिनुभयो ।

डा। महतका अनुसार बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकलाई अन्तिम रूप दिनुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्डले शीर्ष नेतासँग छलफल गर्नुभएको हो ।

उहाँले कानुन, न्याय तथा मानव अधिकार समितिमा रहेको विधेयक तथा सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामसहित सङ्क्रमणकालीन न्यायको सवाललाई कसरी टुङ्ग्याउने भन्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तर औपचारिक सहमति भइसकेको छैन । छलफल हुँदै छ ।”

एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग प्रमुख प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर अगाडि बढ्ने अभिप्रायसाथ कानुन निर्माणदेखि समसामयिक सन्दर्भसम्म छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै काम गर्नु छ । सरकार र संसद्मा समझदारीका साथ जानुपर्ने छ । त्यसैले सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका नेताबिच कुनै न कुनै विषयमा सहकार्यको वातावरण बनाउने अभिप्रायले नै उहाँहरूले छलफल गर्नुभएको हो ।”

अध्यक्ष नेपालसँग पनि छलफल

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उहाँहरूबिच प्रदेश सरकारका सन्दर्भमा छलफल भएको हो ।

एमाले प्रमुख सचेतक बर्तौलाले सत्ता साझेदार दलबिचको समझदारीसहित नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा कसरी सामेल गराउने भन्ने सन्दर्भमा शीर्ष नेताबिच छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य समसामयिक सन्दर्भमा छलफल त हुने नै भयो । मुख्य रूपमा छलफल यही विषयमा हो ।”

एकीकृत समाजवादीका उपाध्यक्ष डा। वेदुराम भुसालले कोशी प्रदेश सरकारमा सहभागिता, मधेश प्रदेश सरकार, सुदूरपश्चिम सरकारमा सत्ता साझेदार दलको सहभागितासहित राजनीतिक समझदारीका विविध विषयमा छलफल भएको बताउनुभयो ।

नागरिक उन्मुक्ति सरकारमा जाने

नागरिक उन्मुक्ति पार्टी सङ्घीय सरकारमा सामेल हुने भएको छ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सरकारमा सहभागी हुने विषयमा छलफल भएको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई गत साता भएको छलफलपछि अध्यक्ष श्रेष्ठले एक मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा जाने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालय कुन हुन्छ भन्ने कुरा छलफलमै छ । फाइनल भएको छैन तर एक हप्ताभित्रै नागरिक उन्मुक्ति सरकारमा जाने चाहिँ निश्चित हो ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group