ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा सुपर हिरो बन्न सक्ने २ खेलाडी


एबीसी न्यूज
२२ जेष्ठ २०८१, मंगलबार   १२ : ०६   बजे

काठमाडौं २२ जेठ । टी(२० क्रिकेटमा कुनै पनि भर हुँदैन । हुन त टिम जित्न टोलीका सबै खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ । तर, टी(२० क्रिकेटमा एउटै खेलाडीले एक्लै खेल जिताउन र हराउन सक्छ । त्यसैले टी(२० मा एक दुई खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा अर्कोले साथ राम्रो दिन सक्नुपर्छ । टोलीमा केही यस्ता खेलाडी हुन्छन् जसले हारको अवस्थाबाट पनि खेल जिताउन सक्ने अद्भूत खुबी राख्छन् ।

आईसीसी टी(२० विश्वकप २०२४ आज राति नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमा सानदार प्रदर्शन गर्दै टोलीको जितमा हिरो बन्नसक्ने प्रमुख दुई खेलाडी यस प्रकार छन् ।

दीपेन्द्रसिंह ऐरी – नेपाल

अलराण्डर दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । दीपेन्द्रले मध्यक्रम र तल्लोक्रममा ब्याटिङ गर्नुको साथै अफ स्पिन बलिङ गर्ने गर्दछन् । दीपेन्द्र ब्याट र बल मात्रै नभएर फिल्डिङबाट पनि खेल जिताउन सक्ने अद्भूत क्षमता भएका खेलाडी हुन् ।

दीपेन्द्रले अन्तर्राष्ट्रिय टी(२० क्रिकेटमा सानदार प्रदर्शन पनि गर्दै आएका छन् । उनले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ९ बलमा क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक पूरा गरेका थिए । दुई महिनाअघि एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।

बलिङमा पावर प्ले, मध्यक्रम र डेथ ओभर कुनै पनि समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दीपेन्द्रले नेपालबाट ६४ टी(२० आई खेलमा १ मा शतक र ९ मा अर्धशतकसहित कुल १६२६ रन बनाउनुको साथै ३७ विकेट लिएका छन् । दीपेन्द्र क्रिजमा हुँदासम्म कुनैपनि विपक्षी टोलीलाई डर भइरहन्छ ।

बास डि लिडे – नेदरल्यान्ड्स

नेदरल्यान्ड्सका युवा अलराउण्डर बास डि लिडे वर्तमान एशोसिएट क्रिकेटका एक उत्कृष्ट क्रिकेटर हुन् । २०२३ मा आईसीसीको एशोसिएट उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए ।

गत वर्ष नेदरल्यान्ड्सलाई २४ वर्षीय उनले ३४ टी(२० आई खेलमा ६७७ रन बनाउनुको साथै ३० विकेट खेल्ने गर्दछन् ।

सन् २०२१ मा टीयुमा नेदरल्यान्ड्सले नेपालले दिएको २०७ रनको लक्ष्य १९।३ ओभरमा पूरा गर्न लिडेले ८१ रनको अविजित इनिङ खेलेका थिए ।

लिडेले विदेशी लिगसँगै इंग्ल्यान्डको डरमबाट काउन्ट्री खेल्दै आएका छन् । काउन्ट्रीमा सानदार प्रदर्शन गर्दै आएका उनले गत जुलाईमा विश्वकप छनोटको निर्णायक खेलमा स्कटल्यान्डविरुद्ध १२३ रन बनाउनुको साथै ५ विकेट लिंदै टोलीलाई विश्वकपमा पुर्‍याए ।

विश्वकपमा पाकिस्तानविरुद्ध ६७ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । लिडेसँग विश्वका ठूला टोली र खेलाडीविरुद्ध खेलेको राम्रो अनुभव छ । जसको भरपूर्ण फाइदा उठाउन सक्छन् । नेपाललाई घातक बन्न सक्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group