ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी-२० विश्वकप : नेदरल्यान्ड्सलाई हराउँदै सानदार सुरुवातको सोचमा नेपाल


एबीसी न्यूज
२२ जेष्ठ २०८१, मंगलबार   १२ : ०९   बजे

काठमाडौं २२ जेठ । नेपालले आईसीसी टी(२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ स् १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।

सुपर(८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ ।

ग्राण्ड प्रेरीमा जारी टी(२० विश्वकपमा नेपाल र नेदरल्यान्ड्सबीच दोस्रो खेल हुँदैछ । यसअघि क्यानडा र अमेरिकाबीचको पहिलो खेल भएको थियो ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाका आरोन जोन्सले ४० बलमा १० छक्कासहित ९४ रनको विष्फोटक इनिङ खेलेका थिए । नेपालले वार्मअप खेल क्यानडासँग १८४ रनको लक्ष्य पछ्याउनेक्रममा १२० रनमा अल आउट भएको थियो ।

ग्राण्ड प्रेरी ब्याटिङ सहयोगी हुँदा नेपाल लक्ष्य पछ्याउन खोज्नेछ । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख अलराउण्डर हुन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गर्दै आएका छन् । दीपेन्द्रलाई अन्य खेलाडीले साथ दिनुपर्ने हुन्छ । शीर्षक्रमको ब्याटिङ नचल्नु नेपालको कमजोरी देखिदै आएको छ ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिन आवश्यक छ । लगातार खराब प्रदर्शनमा पनि टोलीले यी दुई ओपनरमा नेपालले साथ दिएको छ । त्यो विश्वास विश्वकपमा प्रमाणित गर्ने अवसर र चुनौती दुवै छ ।

दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किदा सन्दीप जोरा र अनिल कुमार साह मध्ये एक बाहिर हुनुपर्छ । अनिलले अभ्यास खेलमा राम्रो गर्दै आएका छन् । अर्कोतर्फ ओपनरको राम्रो लय नहुँदा तेस्रो नम्बरमा अनिलले खेल्ने सम्भावना बलियो छ ।

तीव्र गतिका बलर प्रतिश जि।सी र कमलसिंह ऐरी बेन्चमा हुने निश्चित जस्तै छ । सन्दीप जोरा र सागर ढकाल पनि बाहिर हुने सम्भावना छ । पहिलो रोजाइका स्पिनर ललितका साथ नेपाल अघि बढ्न सक्छ । डेथ ओभर नेपालको कमजोरीको रुपमा रहँदै आएको छ । डेथ ओभरका प्रमुख बलर अभिनाश बोहराले अतिरिक्त जिम्मेवारी लिनुपर्छ ।

उता नेदरल्यान्ड्स शीर्षक्रमका ब्याटर माइकल लेभिट, म्याक्स ओडाउड र बास डि लिडेमा बढी निर्भरछ । गत मार्चमा त्रिकोणात्मक सिरिजमा लेभिटले टीयु मैदानमा नेपालसँग तीनमध्ये दुई खेलमा अर्धशतक र नामिबियाविरुद्ध शतक हान्नै सिरिज जितेका थिए ।

विष्फोटक ब्याटर लेभिट र ओडाउडको विकेट समयमै लिन सके नेपाल खेलमा हाबी बन्न सक्छ ।

नेदरल्यान्ड्सले पार्मअप खेलमा श्रीलंकाविरुद्ध १८१ रन बनाउँदै २० रनको जित हात पारेको थियो । नेदरल्यान्ड्सको मध्यक्रममा स्कट एडवार्ड्स, तेजा निणामानिरु र साइब्राण्ड एंगलब्रेक्ट हुनेछन् ।

नेदरल्यान्ड्सको स्पिन आक्रामण तुलनात्मक रुपमा कमजोर मानिन्छ । तीव्र गतिका बलर पल भान मार्केन, बास डि लिडे र कायल केलिन खेल्ने सम्भावना छ ।

गत मार्चमा नेपाललाई त्रिकोणात्मक सिरिजको फाइनलमा ४ विकेटले हराउन नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य १९।३ ओभरमा पूरा गरेको थियो । उक्त नतिजाले नेदरल्यान्ड्को मनोबल केहि बलियो छ ।

हेड टु हेड

नेपाल र नेदरल्यान्ड्सबीच टी(२० आईमा १२ खेल भएका छन् । नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन भएको थियो । नेपालले जितेका ५ मध्ये ३ खेल घरेलु मैदान टीयुमा छन् ।

‘अन्तिम १० वर्षदेखि हामीले विश्वकप खेलेका थिएनौं । नेपाल क्रिकेटको लागि एकदमै महत्वपूर्ण हो । विश्वकप खेल्ने हामी सबैको सपना थियो । नेदरल्यान्ड्ससँग त्यो अवसर पाएका छौं । हामीलाई जिम्मेवारी पनि छ’, नेपालका कप्तान रोहित पौडेलले नेदरल्यान्ड्ससँग खेल्नुअघि भने । त्यसैमा थपे, ‘अमेरिका र क्यानडाबीचको खेलपछि नाइस नर्भस नाइटिज जस्तो अनुभव भएको छ ।’

नेदरल्याण्ड्सका प्रशिक्षक रयान कुकले वर्तमान समयमा नेपाल राम्रो टिम भएको बताउँदै विश्वकपका हरेक खेल बिग खेल हुने बताएका छन् ।

‘नेपालसँग पछिल्लो सिरिजबाट हाम्रो टोलीमा केही परिवर्तन छ । उपलब्ध भएका खेलाडी आएका छन् । केही नयाँ खेलाडी पनि छन् । भोलिको खेललाई हेरेका छौं,’ प्रशिक्षक रयान कुकले नेपालसँग खेल्नुअघि भने, ‘मलाई लाग्छ विश्वकपमा हरेक खेल बिग खेल हुन् । नेपालले पनि वर्तमान समयमा राम्रो खेल खेलेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group