ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाऔँ : सांसद गौतम


एबीसी न्यूज
२२ जेष्ठ २०८१, मंगलबार   १ : ०३   बजे

काठमाडौं २२ जेठ । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले संविधान संशोधनका लागि राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले संविधान संशोधनका लागि दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका हुन्।

उनले अब यही रुपको संघीयता, निर्वाचन प्रणाली, शासन व्यवस्था र सरकार सम्भव नभएको भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने धारणा राखे।

 

‘के यो देशले अब यो स्थिति चुपचाप सहन सक्छरु यही रुपको संघीयता, यही रुपको निर्वाचन प्रणाली, यही रुपको सरकार, यही रुपको शासन व्यवस्था अब सम्भव छरु मलाई लाग्दैन। हामी अनावश्यक समय खेर फाल्दैछौँ। देश बर्बाद पार्दैछौँ। जुन राज्यमा शासकहरु भ्रष्ट हुन्छन्। जुन राज्यमा शासकहरु व्यभिचारी हुन्छन्। जुन राष्ट्रमा शासन गर्नेसँग लेस मात्रैको पनि नैतिक आचरण हुँदैन त्यो राज्यका कर्मचारी कस्ता हुन्छन्रु त्यो देशको न्यायपालिका कस्तो हुन्छरु के आशा गर्नेरु के भरोसा गर्नेरु म निराश भएको छु,’ सांसद गौतमले भने।

उनले यही प्रक्रियामा देश चलाएर देशलाई बर्बाद पारिरहेको पनि बताए। यो संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न सकिने पनि उनले बताएका छन्।

‘अब हामीसँग एउटा झिनो आशा बाँकी छ। देशको माया गरौँ। दलगत आग्रह र पूर्वाग्रहलाई छोडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गरौँ। यहीँ संसदबाट राष्ट्रिय सरकार निर्माण गर्न हामी सक्छौँ। बोर्डर डेमोक्रेटिक एलाइन्स्को कल्पना गरौँ। र यो संविधानलाई संशोधन गरौँ। यो मुलुकमा सुशासनको प्रत्याभुति दिउँ। जनतामा आशा र भरोसा पैदा गर्ने एउटा बाटो कोरौँ। अनिमात्र हामिले अगाडी बढ्न सक्छौँ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu