ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेदरल्याण्ड्स सामु नेपालको १०७ रनको लक्ष्य


एबीसी न्यूज
२२ जेष्ठ २०८१, मंगलबार   ११ : २७   बजे

काठमाडौं, २२ जेठ ।  आईसीसी टी २० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६  रन बनाएको हो ।  ग्रान्ड प्रिएरी मैदानमा नेपाली समर्थकको भरपुर साथ पाए पनि ब्याटिङमा भने सोचे जस्तो प्रदर्शन हुन सकेन। १५ हजार दर्शक क्षमताको रंगशाला नेपाली समर्थकले भरिएको थियो।
लगातार विकेट गुमाएको नेपालका लागि रोहित पौडेलले ३५ रन जोडे। १६औं ओभरमा सातौं विकेटको रूपमा पेभिलियन फर्कनुअघि रोहितले ३७ बलमा ५ चौका प्रहार गरे। नेपाली ब्याटर विरूद्ध नेदरल्यान्ड्सका स्पिनर टिम प्रिङगनल हाबी भए। उनले कप्तान रोहितसहित कुशल भुर्तेल र अनिल साहलाई आफ्नो सिकार बनाएका थिए। उनले चार ओभरमा २० रन खर्चिदा ३ विकेट लिए।

नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो। ओपनर आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा प्रिङगनलको बलमा ७ रनमा क्याच भए। चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेल ७ रन बनाएर खेलिरहदा भान वीकको एलबिडब्लूको धरापमा परे।

यस्तै तेस्रो नम्बरमा ब्याटिङमा आएका अनिल साह पनि चल्न सकेनन्। उनी आठौं ओभरमा ११ रन जोडेर प्रिङगनलकै बलमा क्याच हुन पुग्दा नेपालले आठौं ओभरमा ४० रन जोड्दा ३ विकेट गुमाएको थियो।

दशौं ओभरमा नेपालले चौथो विकेट गुमायो। कुशल मल्ललाई ९ रनमा भान मकेरेनले म्याक्स ओुडाउडको हातबाट क्याच गराए। लगत्तैको ओभरमा दीपेन्द्रसिंह ऐरी १ रनमा बास डी लीडको बलमा भान वीकबाट क्याच भए।

कप्तान रोहित आउट हुनुअघि सोमपाल कामी शून्यमा मकेरेनबाट बोल्ड भएका थिए। १९औं ओभरमा डी लिडको बलमा क्याच भएका करण केसीले १२ बलमा ६ छक्काको मद्दतमा १७ रन जोड्दा नेपाललाई केही राहत मिलेको थियो।

अन्तिम ओभरको पहिलो बलमा गुल्सन झा १४ रनमा भान वीकबाट बोल्ड भए। उनले १५ बलमा १ छक्का प्रहार गरे। लगत्तैको बलमा अभिनास बोहरा क्याच भए। बलिङमा नेदरल्यान्ड्सका प्रिङगनलले ३ विकेट लिए भने भाव वीकले पनि ३ विकेट हात पारे। डी लिड र मकेरेनले २/२ विकेट लिन सफल भए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group