ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको लोकसभा चुनावको मतगणना सम्पन्न: विभिन्न एक्जिट पोलहरू फेल


एबीसी न्यूज
२३ जेष्ठ २०८१, बुधबार   ७ : २२   बजे

काठमाडौं, २३ जेठ । भारतको लोकसभा चुनावको मतगणना सम्पन्न भएको छ।

मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएकोमा बुधबार बिहानसम्म ५४३ वटै क्षेत्रको मतगणना सम्पन्न भएको छ। गुजरातको सुरत लोकसभा सिटमा भाजपा उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। त्यहाँ कंग्रेसको उम्मेदवारी रद्द भएपछि अन्य दल र स्वतन्त्रहरूले उम्मेदवारी फिर्ता लिएका थिए।

यसपालि भाजपा एनडिए र कंग्रेस आईले इन्डिया गठबन्धन बनाएर चुनावमा होमिएका थिए। चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ४ सय सिट जितेर पुन सरकार चलाउने दाबी गरेका थिए। विभिन्न एक्जिट पोलहरूले पनि मोदी नेतृत्वको गठबन्धनले चार सय हाराहारीमा सिट ल्याउने दाबी गरेका थिए।

परिणाम आउँदा भने ती सबै दाबीले फेल खाएका छन्। हिन्दुस्तान टाइम्सका अनुसार ५४३ क्षेत्रको नतिजा आउँदा एनडिए गठबन्धनले २९५ र इन्डिया गठबन्धनले २३१ सिट सिट जितेको छ। १७ सिट अरू दलहरूले जितेका छन्।

यो भनेको भाजपा नेतृत्वको एनडिएले जितेको सिट अघिल्लो चुनावमा भन्दा ५७ सिट कम हो। अघिल्लो निर्वाचनमा एनडिएले ३५२ सिट ल्याउँदा भाजपा एक्लैले ३०३ सिट ल्याएको थियो। यसपालि भाजपाले २४० सिट मात्रै ल्याएको छ।

इन्डिया गठबन्धनले भने यसपालि १३७ सिट बढाएको छ। अघिल्लो चुनावमा उसले ९४ सिट ल्याएको थियो।

यसपालि कंग्रेस एक्लैले ९९ सिट ल्याएको छ। अघिल्लो चुनावमा उसले ५२ सिटमात्रै ल्याएको थियो। भारतको चुनाव आयोगअनुसार भाजपाले २४०, कंग्रेस आईले ९९, समाजवादी पार्टीले ३७, अल इन्डिया तृणमूल कंग्रेसले २९, डिएमकेले २२, टिडिपीले १६, जेडियुले १२, शिव सेनाले ७, लोक जनकशक्ति पार्टी, आरजेडी र सिपिआईएले ४र४ सिट जितेका छन्।

आम आदमी पार्टीले ३, झारखण्ड मुक्ति मोर्चाले ३, जनसेना पार्टीले २ सिट जितेका छन्। बाँकी सिटमा अन्य दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

२०१४ देखि एकल बहुमतको सरकार चलाएको मोदीले यसपालि गठबन्धनमा रहेका दलहरूलाई लिएर सरकार बनाउनुपर्नेछ।

इन्डिया गठबन्धनले यसपालि सरकार बनाउन पहल गर्ने कि विपक्षमै बस्ने भन्ने निर्णय गर्न आज बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group