काठमाडौं २३ जेठ । भारतीय जनता पार्टी भाजपा० की नेतृ मेनका गान्धी उत्तर प्रदेशको सुल्तानपुर लोकसभा सिटबाट चुनाव हारेकी छन्।
उनलाई ४३ हजार १७४ मतले हराउँदै समाजवादी पार्टीका रामभुआल निषाद विजयी भएका छन्।
रामभुवाल निषादले ४ लाख ४४ हजार ३३० मत पाए भने मेनकाले ४ लाख १ हजार १५६ मत प्राप्त गरी दोस्रो स्थानमा रहिन्।
सन् २०१९ को लोकसभा चुनावमा मेनका गान्धीले सुल्तानपुर लोकसभा सिटबाट विजयी भएकी थिइन्।
प्रतिक्रिया दिनुहोस्