ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा सरकार बनाउन नीतिश र नायडु निर्णायक


एबीसी न्यूज
२३ जेष्ठ २०८१, बुधबार   १२ : १९   बजे

काठमाडौं २३ जेठ । सात चरणमा सम्पन्न १८ औं लोक सभा निर्वाचनबाट भारतमा सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी ९भाजपा० बनेको छ । तर उसले मत सर्वेक्षणको नतिजा जस्तो एकल बहुमत हासिल गर्न भने सकेन ।

भारतीय निर्वाचन आयोगका अनुसार भाजपा एक्लैले जम्मा २४० सिट जितेको छ । कांग्रेस एक्लैले ९९, समाजवादी पार्टी ९सपा०ले ३७ र त्रिणमुल कांग्रेस ९टीएमसी०ले २९ सिट जितेका छन् । ठूलो दलको हैसियतमा भाजपाले सरकार बनाउने तयारी गरेको छ ।

 

भाजपालाई पूर्ण बहुमत हासिल गर्नबाट रोकेर सरकार गठनमा निर्णायक बनेका दुई नेताहरु हुन् बिहारका मुख्यमन्त्री एवम् जनता दल युनाइटेड ९जदयु०का प्रमुख नीतिश कुमार र तेलगु देशम पार्टी ९टीडीपी०का अध्यक्ष चन्द्रबाबु नायडु ।

भाजपाका नेताहरुले यी दुई नेताहरुसँग सत्ता साझेदारीका लागि सम्वाद सुरु गरिसकेका छन् । भारतीय मिडियाहरुका अनुसार उनीहरुसँग ५ जुन ९बिहीबार० बैठक बस्ने तय भइसकेको छ ।

 

टीडीपीसँग १६ र जदयुसँग १२ गरी कुल २८ सिट छ । यो संख्यालाई गठबन्धन सरकार गठनमा निर्णायक मानिएको छ । यदि उनीहरु भाजपा नेतृत्वको एनडीए गठबन्धनमा सामेल नभए सरकार गठनका लागि बहुमत पुग्दैन । किनकी एनडिए गठबन्धनसँग जम्मा २६४ सिट हुन्छ । सरकार बनाउन बहुमतका लागि २७२ सिट चाहिन्छ ।

सन् २०१९ मा पहिलोपटक चन्द्रबाबु नायडुले एनडीए गठबन्धन विरुद्ध सबै विपक्षी पार्टीलाई एकजुट बनाउने कोसिस गरेका थिए ।

यसैगरी सन् २०२३ मा नितिश कुमारले कांग्रेस सहित सबै विपक्षी दलको बैठक बोलाएर विपक्षी इण्डिया गठबन्धन बनाउन भूमिका खेलेका थिए ।

बिहारमा दशकौंसम्म एनडीए गठबन्धनमा रहेर सरकारको नेतृत्व गरेका नितिश कुमारले चुनाव सुरु हुनुभन्दा केही महिना अगाडि मात्रै भाजपासँगको गठबन्धन तोडेका थिए ।

मुख्यमन्त्री बन्न पटक–पटक गठबन्धन तोड्ने र बनाउने गरेको भन्दै धेरैले उनको मजाक उडाएका थिए ।

यसपटकको लोक सभा चुनावमा नितिश कुमारको पार्टी जनता दल युनाइटेड ९जदयु०ले बिहारमा १२ सिट जितेको छ । भाजपाले पनि समान १२ सिट नै जितेको छ ।

जनता दल युनाइटेडले १४ र भाजपाले १७ उम्मेदवार चुनावी मैदानमा उतारेका थिए । चुनावी नतिजामा भाजपाको तुलनामा जनता दल युनाइटेडको प्रदर्शन राम्रो देखिएको छ । यद्यपि सन् २०१९ सँग तुलना गर्ने हो भने भाजपालाई पाँच र जनता दल युनाइटेडले चार सिट गुमाएका छन् ।

त्यसैले भाजपा बिहारमा नितिश कुमारलाई समर्थन नगरी नहुने स्थितिमा देखिएको छ । तर उनले पटक–पटक गठबन्धन फेर्ने गरेकाले उनलाई शंकाको दृष्टिले भने हेर्ने गरिएको छ ।

नायडुको शानदार कमब्याक

सन् २०१९ मा तीन सिट जितेको तेलगु देशम पार्टी ९टीडीपी०ले आन्ध्रप्रदेशमा पछिल्लो पटक १९ सिट जितेर शानदार कमब्याक गरेको छ । यसैगरी विधानसभा निर्वाचनमा पनि टीडीपीले १३५ सिट जितेको छ । यो सफलताको श्रेय चन्द्रबाबु नायडुलाई दिइएको छ ।

सन् १९९० को दशकमा गठबन्धन युगमा एचडी देवेगौडा र इन्दर कुमार गुजराललाई मुख्यमन्त्री बनाउन पनि नायडुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नायडु सबै राजनीतिक दलका लागि असल मित्र सरह रहेको भारतीय मिडियाहरुले लेखेका छन् ।

उनका छोरा नारा लोकेशले पार्टीका वरिष्ठ नेताहरुसँग एनडीए गठबन्धनमै रहने बताइसकेका छन् । यद्यपि अन्तिम निर्णय भने पार्टी अध्यक्ष नायडुले नै गर्ने छन् ।

यद्यपि नायडुले सामाजिक सन्जाल एक्समा गठबन्धनसँग मिलेर प्रदेश पुनर्निर्माण गर्ने र गौरव कायम राख्ने बताइसकेका छन् ।

भारतमा लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीले पार्टी मुख्यालय परिसरमा विजय सभालाई सम्बोधन गर्दै बिहार र आन्ध्रप्रदेशमा भाजपा गठबन्धनलाई जिताउने श्रेय नितिश कुमार र नायडुलाई जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group