ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे तीन सयलाई तत्कालै रोजगारी दिइने


एबीसी न्यूज
२३ जेष्ठ २०८१, बुधबार   १ : २९   बजे

काठमाडौं २३ जेठ । पोखरामा भएको श्रमाधान रोजगार मेलामार्फत रोजगारदाताले तत्कालै साढे तीन सय जनालाई रोजगारी दिने भएका छन् । मेलामा स्टल राखेका रोजगारदाताले रोजगारी दिने पदबारे लिखित जानकारी दिएको र योग्य कामदारलाई तत्काल रोजगारी दिने आयोजकले जनाएको छ ।

श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले दुईदिने मेला भव्यताका साथ सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेला रोजगारी दिने र रोजगारी खोज्नेबिचको पुल बनेको छ ।”

मेलामा रोजगारीका लागि फाराम भरेकालाई पछि सम्बन्धित कम्पनीले बोलाउने छन् । सोही आधारमा उनीहरूले रोजगारी पाउने कम्पनीले जनाएका छन् । श्रम मन्त्रालयका उपसचिव एवं गण्डकी प्रदेशका मेला संयोजक शारदा भण्डारीले आगामी वर्ष तीन तहकै सरकारले मिलेर एकै पटक मेला गर्ने योजना सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “मेलाले विशेष गरी रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्वपूर्ण काम गरेको छ । अर्को वर्ष तीन तहकै सरकार मिलेर एकै पटक मेला गर्ने योजना छ ।” सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

मेलामा मङ्गलबार रोजगार क्षेत्रका समस्या र सम्भावनाबारे सरोकारवालाले छलफल गरेका छन् । कार्यक्रममा ‘पर्यटनले कोर्नुपर्ने बाटो’ शीर्षकमा धर्मराज पन्थी, लक्की क्षेत्री र वासु त्रिपाठीले बहसमा भाग लिनुभएको छ । उहाँहरूले पर्यटन राजधानी घोषणा भएको पोखरामा त्यसका लागि आवश्यक बजेट व्यवस्था गरी रोजगारी सिर्जना र समृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

अर्को सत्रमा सहभागीले ‘श्रम कानुनका अप्ठ्यारा र फुकाउनुपर्ने गाँठा’ बारे विचार राखे । पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोकर्ण कार्की, उद्यमी विक्रम कर्माचार्य र हस्तकला व्यवसायी रामकली खड्काले नेपालको श्रम कानुनमा रहेको केही कठिनाइ फुकाउन बाँकी रहेको बताउनुभयो ।

मेलामा सरोकारवालाले ‘रोजगारी र शिक्षाका लागि कार्यस्थलमा आधारित सिकाइ’ बारे छलफल गरेका छन् । गण्डकीको मेलामा छ विषयमा प्यानल डिस्कसन, आठ शीर्षकमा काउन्सिलिङ भएको छ । मेला पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

होटल सङ्घ नेपाल ९हान० को संयोजनमा भएको मेलाका सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घलगायतका संस्था छन् ।

मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सिजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैङ्क, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासङ्घ, होटल सरोवर, नेपाल उद्योग परिसङ्घलगायतका कुल ४२ स्टलहरू थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बैंकिङ कसुर अभियोगमा शंकर अग्रवाल पुर्पक्षका लागि थुनामा

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सम्बन्धित

संस्थापनइतर समूहले कार्यक्रमका नाममा निन्दा प्रतियोगिता चलाए : गगन थापा

वेदिका केसीलाई एक दिन हिरासतमा राख्न अनुमति

सिरहामा प्रहरीको गोली चल्यो, २२५ ग्राम खैरो हिरोइनसहित ६ जना पक्राउ

प्रधानमन्त्रीको कूटनीतिक नीति परिवर्तन? परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेको दाबी

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu