ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेसमा लोसपाले साथ नदिए पनि हामीलाई बहुमत पुग्छ: महेशप्रसाद यादव


एबीसी न्यूज
२३ जेष्ठ २०८१, बुधबार   १ : ४५   बजे

काठमाडौं २३ जेठ । एमाले, माओवादी केन्द्र, जनमतसहितको गठबन्धबाट मधेस प्रदेशको मुख्यमन्त्रीमा दावी पेस गर्ने तयारीमा रहेका जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आफूहरुको पक्षमा बहुमत जुटिसकेको दाबी गरेका छन्।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। तर, यादवले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ।

आज पाँचौँपटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री  ‘उहाँ ९सरोज यादव०ले विश्वासको मत पाउनु हुन्न,’ महेशप्रसादले केहीबेरअघि नेपालखबरसँग भने, ‘त्यो अवस्थामा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न भन्नुहुन्छ, त्यसपछि हाम्रो गठबन्धनले दाबी पेस गर्ने तयारी छ।’

उनले एकीकृत समाजवादीले समर्थन गरेसँगै विपक्षी गठबन्धनसँग बहुमत पुगिसकेको पनि दाबी गरे।

‘चार दल ९एमाले, जनमत, माओवादी केन्द्र र एकीकृत समाजवादी०का मात्रै पनि सभामुखसहित ५४ जना सांसद छन्,’ यादवले भने, ‘१०७ सदस्यीय प्रदेश सभामा हामीलाई बहुमत जुटाउन ५४ मत नै आवश्यक पर्छ। मतदानमा जाँदा स्वतन्त्र दुई सांसदले पनि हामीलाई साथ दिने बचन दिनुभएको छ।’

उनले नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक(एक जना सांसदले चार दलबीचको गठबन्धनलाई साथ दिने दाबी सुनाए। ‘त्यो अवस्थामा हामीलाई लोसपाको मतबिनै पनि सभामुखबाहेक ५५ सांसदको साथ हुन्छ,’ सांसदको हिसाब गर्दै उनले भने।

एमाले, माओवादी केन्द्र र जनमतबीच मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति भइसकेको छ। सोहीअनुसार जनमत पार्टीको तर्फबाट सप्तरीबाट निर्वाचित महेशप्रसाद यादव मधेस प्रदेशको अबको मुख्यमन्त्री बन्ने चर्चा छ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा नयाँ सरकार गठननको लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेश सभामा एमालेको सभामुखबाहेक २४, कांग्रेसका २२, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपा ९(९ र एकीकृत समाजवादीका ७ सांसद छन्।

मधेस प्रदेस सभामा नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका पनि एक(एक प्रदेश सांसद छन्। उनीहरुले पनि कता मतदान गर्छन् प्रष्ट भइसकेको छैन।

नौ सांसद रहेको महन्थ ठाकुर नेतृत्वको लोसपा हालका मुख्यमन्त्री यादवको पक्षमा उभिन्छ कि एमाले माओवादी गठबन्धको पक्षमा उभिन्छ, प्रष्ट भइसकेको छैन।

मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कि नदिने लोसपाले अझै निर्णय गर्न नसकेको अवस्थालाई इंगित गर्दै यादवले लोसपाले मत नदिए पनि आफ्नो पक्षमा बहुमत पुग्ने दाबी गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group