ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी-२० विश्वकप : अस्ट्रेलियाको पहिलो जित, ओमानको दोस्रो हार


एबीसी न्यूज
२४ जेष्ठ २०८१, बिहिबार   ११ : १७   बजे

काठमाडौं २४ जेठ । जारी आईसीसी टी(२० विश्वकपमा अस्ट्रेलियाले जितको सुरुवात गर्दा ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ।

बिहीबार बिहान अमेरिकाको ब्रजीटाउनमा रहेको केन्सिङ्टन ओभल क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराउँदै विश्वकपमा पहिलो जित दर्ता गरेको हो।

अस्ट्रेलियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २५ रन मात्र बनाउन सक्यो।

 

ओमानका आयान खानले बनाएको ३६ रन नै सर्वाधिक रह्यो। कप्तान अकिब एलियासले १८ रन थपे। मरहान खानले २७ र सकिल अहमदले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओमानलाई कम स्कोरमा रोक्न माक्युर्स स्टोइनिसले ३ विकेट लिए। मिचेल स्टार्स, नथान इलिस र आडम जम्पाले २र२ विकेट लिए।

त्यसअघि ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो।

अस्ट्रेलियाका लागि माक्र्युस स्टोइनिस ६७ रनमा अविजित रहे। उनले ३६ बलमा २ चौका र ६ छक्का हाने।  डेभिड वार्नरले ५६ रन बनाए। ५१ बलको सामना गरेका उनले ४ चौका र १ छक्का हाने। कप्तान मिचेल मार्सले १४ र ट्राभिस हेडले १२ रन थपे।

ओमानका मेहर खानले २ विकेट लिए। विलाल खान र करिमुल्लाहले समान १ विकेट झारे।

जितसँगै समूह बीमा रहेको अस्ट्रेलिया शीर्ष स्थानमा उक्लेको छ।  समान २ अंक भएको नामिबिया दोस्रो स्थानमा छ। इंग्लयान्ड र स्कटल्यान्डको समान १ अंक छ।

लगातार दुई खेलमा पराजित ओमान अंकविहीन बन्दै तालिकाको पुछारमा छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

ओलीविरुद्ध बोल्ने आफ्नै नेतामाथि सूर्य थापाको प्रश्न : ‘सरकारविरुद्ध होइन, अध्यक्षविरुद्ध किन अभियान ?’

सम्बन्धित

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu