ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयर बालेन्द्रको पहल: काठमाडौँका १९ हजार विद्यार्थीले पाए बोर्डिङ स्कुलमा छात्रवृत्ति


एबीसी न्यूज
२४ जेष्ठ २०८१, बिहिबार   ११ : २५   बजे

काठमाडौं २४ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० शाहले यस वर्ष महानगर क्षेत्रमा सञ्चालित निजी विद्यालय ९बोर्डिङ स्कुल० मा १९ हजार भन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएको जानकारी दिएका छन्।

‘एउटा कानुन कार्यान्वयनको कारण यो वर्ष महानगर क्षेत्रमा १९ हजार भन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएका छन्,’ मेयर बालेनले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३ हजार भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए।’

उनले यति ठूलो संख्यामा विद्यार्थीले छात्रवृत्ति पाएको महानगरको इतिहासमै पहिलो पटक भएको मेयर बालेनको दाबी छ।

 

उनले चालु शैक्षिक सत्र २०८१ मा ९हिजो सम्म० विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको पनि जानकारी दिएका छन्।

‘यस वर्ष एक लाख ४९ हजार ९५६ विद्यार्थीमध्ये १८ हजार ४२२ जनाले छात्रवृति पाएका छन्,’ मेयर शाहले लेखेका छन्, ‘हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दा मात्रै लक्षित वर्गका विद्यार्थीलाई करिब २ अर्ब बराबरको छात्रवृति उपलब्ध गराउन सफल भयौँ। प्राप्त भएको विवरणको हाही अनुगमन गर्नेछौ।ँ फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ।’

महानगरपालिकाले हालसम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिनको समय दिई विवरण पेस गर्नका लागि आज सार्बजनिक सूचना प्रकाशन गरेको छ।

‘३ दिनभित्र विवरण पेस नगर्ने विद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ,’ नियम अनुसार छात्रवृत्ति प्रदान नगर्ने निजी विद्यालयलाई चेतावनीको शैलीमा मेयर शाहले भनेका छन्।

उनले लेखेका छन्, ‘विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा वर्ष १३ हजार र यस वर्ष करिब १९ विद्यार्थीले छात्रवृत्ति पाएका छन्। कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ। त्यसैले हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group