ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्न त के, बोल्न पनि सक्नुहुन्न- विश्वप्रकाश शर्मा


एबीसी न्यूज
२४ जेष्ठ २०८१, बिहिबार   १२ : ४८   बजे

काठमाडौं २४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको जग्गाबारे गृहमन्त्री रवि लामिछानेले बोल्नसमेत नसक्ने बताएको छ।

बिहीबारको संसद बैठकमा पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यसमेत रहेका विश्वप्रकाश शर्माले गिरीबन्धुको फाइल खोल्न तयार होरु भन्दै प्रश्न गरे।

सर्वोच्च अदालतले गिरीबन्धुमा नीतिगत भ्रष्टाचार भएको निष्कर्षसहितको पूर्णपाठ सार्वजनिक भएको भन्दै महामन्त्री शर्माले उपपप्रधानमन्त्री समेत रहेका लामिछानेले बोल्न समेत नसक्ने ठोकुवा गरे।

 

‘सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको नेताले कांग्रेसले बेचेर ७० बिगा कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ, त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न तपाईं गिरीबन्धुको फाइल खोल्न तयार हुनुहुन्छरु म जान्दछु, खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न,’ उनले भने।

उनले गिरीबन्धुको फाइल खोल्न सक्ने भए शिक्षामन्त्री सुमना श्रेष्ठमाथि पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति सच्याउन दमदार ढंगबाट भन्न सक्नुपर्ने बताए।

‘बोल्न सक्नुभएको भए, शिक्षामन्त्रीउपरको शब्द फिर्ता लिनुस् सम्माननीय पूर्वप्रधानमन्त्रीज्यू भनेर दमदार ढंगबाट भन्न सक्नुपर्थ्यो। नम्रतापूर्वक पनि भन्न सक्नुभएन,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रकाशमान सिंहको आरोप : ‘विशेष महाधिवेशन विधिसम्मत भएन’

कांग्रेस इतरपक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu