ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो गठबन्धन आउने निर्वाचनसम्मै जान्छ : अध्यक्ष ओली


एबीसी न्यूज
२५ जेष्ठ २०८१, शुक्रबार   १ : ५८   बजे

काठमाडौं २५ जेठ । नेकपा ९एमाले० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य राजनीति गर्न बिपक्षी दललाई अनुरोध गर्नु भएको छ । भरतपुर विमानस्थलमा शुक्रबार सन्चारकर्मी सङ्ग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अनावश्यक रुपमा विवादमा तान्न बिपक्षी दलले प्रयास गरेको भन्दै सभ्य रुपमा राजनीति गर्न उहाँले अनुरोध गर्नुभयो । झापाको गिरिबन्धु टि स्टेटको जग्गा विवादमा सम्लग्नताको विषयमा पत्रकारले सोधेको जवाफमा अध्यक्ष ओलीले सभ्य राजनीति गर्न अनुरोध गर्नुभयो ।

अध्यक्ष ओलीले अहिलेको गठबन्धन भत्काउन धेरै प्रयास भइरहेको भन्दै कुनै पनि हालतमा नभत्कने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन भत्कदैन, अर्को गठबन्धन बनाउँदैमा कायापलट हुने होइन । त्यस्तो कसैले नचिताए हुन्छ । आउने निर्वाचनसम्म यो गठबन्धन जान्छ ।”

उहाँले भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा देशको प्रधानमन्त्री जाने परम्परा पुरानो भएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा समेत गएको, सुशील कोइराला पनि जानु भएको स्मरण गर्नुभयो ।

सरकारको बजेट अझ राम्रो हुनुपर्छ, कार्यान्वयनको पक्ष बलियो हुनुपर्छ भन्ने धारणा एमालेको रहेको बताउनुभयो । बजेटका विषयमा अनेक टिप्पणी बिपक्षीले गरेको र एमालेले आलोचना गरेको भनी प्रचार भएकोमा उहाँले भन्नुभयो, “थप राम्रो बनाउनुपर्छ, परिमार्जन गर्न सक्ने ठाउँमा परिमार्जन गर्नुपर्छ भन्ने सुझाव नराम्रो हो र रु”

अध्यक्ष ओलीले राजदुत फिर्ता बोलाउनु सरकारको नियमित कार्यक्रम भएको बताउनुभयो । यसमा आफ्नो कुनै टिप्पणी नभएको बताउनुभयो । उहाँले शिक्षा मन्त्रीको विषयमा आफुले कुनै टिप्पणी नगरेको र आफुले राखेको धारणा कसैसङ मेल खाएको हुन सक्ने बताउनुभयो । एमाले चितवनको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमका लागि अध्यक्ष ओली चितवन आउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group