ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली राजदूतद्वारा विपिन जोशीका परिवारसँग भेट


एबीसी न्यूज
२८ जेष्ठ २०८१, सोमबार   ११ : ४६   बजे

काठमाडौं २८ जेठ । सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका बेला हमासले आक्रमण गरी बेपत्ता बनाएका विपिन जोशीको परिवारलाई इजरायली राजदूत हेनान गोडर र स्डोट नेगेभ कलेजका अध्यक्ष प्रा। हाइम शाकदले भेट गर्नुभएको छ । आइतबार राति विपिनको घर कञ्चनपुरको महेन्द्रनगर पुगेर कलेजका अध्यक्ष र राजदूतले भेट गर्नुभएको हो ।

भेटका क्रममा विपिनको उद्धारका लागि इजरायल सरकार निरन्तर खोजी कार्यमा लागिरहे पनि उपलब्धि नभएको तर विपिनको अवस्था एक दिन पत्ता लाग्ने र छिट्टै घर फर्कनेमा इजरायल सरकार विश्वस्त रहेको राजदूत हनान गोडेरले बताउनुभएको छ । इजरायलमा पुगेर बेपत्ता हुनुभएका विपिन जोशीलाई इजरायलले आफ्नै परिवारको सदस्य मानेको पनि राजदूत गोडरले बताउनुभयो ।

विपिन काम गर्ने कलेज र फार्मले आफ्नो तर्फबाट सेवा सुविधा र क्षतिपूर्तिको केही दिन खोजे पनि परिवारले अस्वीकार गर्दै आएको छ आइतबारको भेट परिवारका सदस्यलाई सान्त्वना दिन र इजरायलका तर्फबाट दिन खोजेको सुविधा लिइदिन अनुरोध गरेको छ । इजरायली टोलीले विपिनको परिवारसँग गोप्य भेट गरेको हो विश्वविद्यालय स्रोतले जनाएको छ । भेटमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा। हेमराज पन्त, कृषि विज्ञान सङ्कायका डीन डा। विष्णुविलास अधिकारीसँगै भए पनि दूतावासको टोलीले जोशीका परिवारलाई छुट्टै भेटेको छ ।

वि।सं। २०८० साल असोज २० गते देखि बेपत्ता जोशीको अवस्था अझै अज्ञात छ । नेपाल सरकारले पनि कूटनीतिक पहल गरेर विपिनको रिहाइ गर्ने आश्वासन दिए पनि उहाँको अवस्थासम्म सार्वजनिक हुन सकेको छैन ।

सुदूरपश्चिम विश्वविद्यालय कृषिविज्ञान सङ्कायका डीन डाक्टर विष्णुविलाश अधिकारीका अनुसार राजदूतावासको टोलीले आज सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी, इजरयलमा मारिएका कैलालीका विद्यार्थीहरू नारायण न्यौपाने र आशीष चौधरीका परिवारलाई भेटने कार्यक्रम छ भने आजै इजरायलमा मारिएका विद्यार्थीहरू पढेको कलेज टीकापुर बहुमुखी क्याम्पसमा पनि भेट्ने कार्यक्रम छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट कृषिका विद्यार्थीहरू इजरायल घटनामा मारिएपछि राजदूतावासको टोली पटक पटक विश्वविद्यालय र मृतक विद्यार्थी र बेपत्ता जोशीको परिवारलाई भेटघाटमा आउने गरेको छ ।

मारिएका दश जनाको आश्रित परिवारलाई इजरायल सरकारको कानुन अनुसार मासिक पेन्सन दिन सुरु गरेको छ तर कति दिन्छ भन्ने सार्वजनिक गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu