ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका प्रधानमन्त्री मोदीद्वारा सपथ ग्रहण समारोहमा सहभागी विदेशी पाहुनालाई धन्यवाद ज्ञापन


एबीसी न्यूज
२८ जेष्ठ २०८१, सोमबार   १ : १९   बजे

काठमाडौं २८ जेठ । भारतका प्रधानमन्त्री मोदीद्वारा सपथ ग्रहण समारोहमा सहभागी विदेशी पाहुनालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । भाजपा नेता मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा आफ्नो तेस्रो कार्यकालका लागि भारतका प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको थियो ।

राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

प्रधानमन्त्री मोदीले एक्समा पोस्ट गरेको एक सन्देशमा भारतका विश्वभरका सहयोगीसँगको सहकार्यको महत्वमा जोड दिँदै साझा चुनौतीहरूको सामना गर्न र पारस्परिक हितलाई अगाडि बढाउन राष्ट्रले आफ्ना मूल्यवान साझेदारहरूसँग नजिकबाट काम जारी राख्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “शपथ ग्रहण समारोहमा सहभागी हुनुहुने सबै विदेशी महानुभावहरूप्रति म आभारी छु । मानव प्रगतिका लागि भारतले हाम्रा मूल्यवान् साझेदारहरूसँग सधैं नजिकबाट काम गर्नेछ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीपदको सपथ लिएपछि भारतका छिमेक, हिन्द महासागर क्षेत्रका नेताहरू राष्ट्रपति भवनको मञ्चमा सहभागी भएका थिए ।

प्रधानमन्त्री मोदीसँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथले प्रत्यक्ष भेटी हात मिलाएर बधाइ ज्ञापन गर्नुभएको थियो ।

विदेशी नेताहरूले राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरलाई सफलतापूर्वक लोक सभा निर्वाचन सम्पन्न गरेकोमा बधाइ दिनुभएको थियो ।

आइतबार राति राष्ट्रपति मूर्मुले आयोजना गरेको भोजमा सरिक हुनुपूर्व राष्ट्रपति मूर्मु, उपराष्ट्रपति धनखर, भारतीय प्रधानमन्त्री मोदी, नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’लगायतका विदेशी पाहुनाले सामूहिक तस्वीर खिचाउनुभएको थियो ।

भारतीय विदेश मन्त्रालयले भनेको छ, “प्रधानमन्त्री नरेन्द्र मोदीको लगातार तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन नेताहरूको भ्रमण भारतले आफ्नो ‘छिमेक पहिलो’ नीति र ‘सागर’ भिजनलाई दिएको उच्च प्राथमिकताअनुरूप हो ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सपथ ग्रहण समारोहमा सहभागी भएका विदेशी पाहुनाप्रति आभार व्यक्त गर्दै ‘छिमेक पहिलो’ नीतिप्रति भारतको प्रतिबद्धता दोहोर्‍याउनुभएको छ । भारतको विशाल जनसङ्ख्याको सेवा गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो,“देशलाई प्रगतिको नयाँ उचाईमा पुर्‍याउने आफ्नो सरकारको लक्ष्य रहने छ ।”

भारतीय प्रधानमन्त्री मोदीले नवनियुक्त सबै मन्त्रीहरूलाई बधाई ज्ञापन गर्दै भन्नुभयो, “म १४० करोड भारतीयको सेवा गर्न र भारतलाई प्रगतिको नयाँ उचाईमा पुर्‍याउन मन्त्रीपरिषदसँग मिलेर काम गर्न उत्सुक छु । आज शपथ ग्रहण गर्नुहुने सबैलाई बधाई छ । मन्त्रीहरूको यो टोली युवा र अनुभवको ठूलो मिश्रण हो र हामी जनताको जीवन सुधार गर्न कुनै कसर बाँकी राख्ने छैनौँ ।” राससरएएनआई

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group