ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीमा राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने


एबीसी न्यूज
२८ जेष्ठ २०८१, सोमबार   ४ : ०६   बजे

काठमाडौं २८ जेठ । गण्डकी प्रदेशमा राप्रपा संसदीय दलका नेता पन्चराम गुरुङले मुख्यमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन्। राप्रपा संसदीय दलका नेता गुरुङले बजेट ल्याउने बेला मुख्यमन्त्री विश्वासको मत माग्नुलाई लाजमर्दो भएको पनि बताए।

उनले गण्डकीको सरकारमा केन्द्रको राजनीतिको छायाँ प्रदेशमा पर्न नदिन र अस्थिरताको अन्त्य गर्न यो निर्णय गरेको पनि बताए।

राप्रपाको समर्थनपछि अब मुख्यमन्त्रीको पक्षमा २९ जना सांसद देखिएका छन्।  अब मुक्यमन्त्री पाण्डे बहुमतबाट २ मत टाढा छन्।

प्रमुख प्रतिपक्षी एमालेसँग २२ र सभामुखसहित माओवादीसँग ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ तथा स्वतन्त्र सांसद दीपक मनाङेसहितको ६० सदस्यीय संसदमा बहुमत जुटाउन उनलाई सजिलो छैन।

राप्रपाकै समर्थन भयो भने पनि कांग्रेसलाई दुईजना सांसद अझै अपुग हुन्छ।

स्वतन्त्र सांसद दीपक मनाङेले सार्वजनिक रुपमै मध्यावधिमा जान नदिने र जसले ३० जनाको समर्थन जुटाउँछ आफू उतै लागेर ३१ अर्थात् बहुमत पुर्‍याइदिने बताउँदै आएका छन्।

सोमबारको बैठकमा मनाङे विपक्षीकै बेञ्चमा बसेका छन्।  मनाङेले विश्वासको मत दिँदा पनि मुख्यमन्त्री पाण्डेलाई अझै एकजना सांसदको समर्थन चाहिन्छ। त्यो भनेको नेपाल समाजवादी पार्टी नेसपा० का केन्द्रीय सदस्यसमेत रहेका फणिन्द्र देवकोटाको समर्थन हो।

तर, उनी पनि आजको बैठकमा विपक्षी बेन्चमै बसेका छन्। उनीहरू दुवैको मत पाउन पाण्डेलाई जरुरी छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group