काठकमडौं २९ जेठ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। दिउँसो २ बजे बस्ने प्रदेस सभा बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश संसद सचिवालयले जनाएको छ।
यसअघिका वर्ष मधेसमा जेठ १५ गतै नै नीति तथा कार्यक्रम प्रस्तुत हुँदै आएको थियो। तर यस वर्ष मधेसमा नयाँ सरकार गठनको चटारो चलेकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्न ढिलाई भएको हो।
प्रतिक्रिया दिनुहोस्