ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकुदमन्त्री संसद्‌माअनुपस्थित, कांग्रेसले प्रश्न उठाएपछि कार्यसूचीबाट हटाइयो


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   १२ : ४६   बजे

काठकमडौं २९ जेठ । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि मंगलबारबाट मन्त्रालयगत छलफल सुरु भएको छ।

मंगलबारबाट सुरु भएको छलफलमा संसद् सचिवालयले युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथि छलफल हुने कार्यसूची तय गरेको थियो।

तर, मंगलबारको बैठकमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ उपस्थित भएनन्। मन्त्री श्रेष्ठलाई बैठकमा नदेखेपछि कांग्रेस सांसद रामहरी खतिवडाले आपत्ति जनाए।

‘सम्बन्धित मन्त्रीको उपस्थित हुने व्यवस्था गरिएकोमा खेलकुदमन्त्री उपस्थित भएको देखिएन, त्यसकारण बैठक स्थगित गरेर बैठक सञ्चालन गरियोस्,’ उनले भने।

जुन विषयमा छलफल गर्न थालिएको हो सोही विषयको मन्त्रीबिना बैठक चल्न नसक्ने भन्दै उनले बैठक स्थगित गर्न सभामुखसमक्ष आग्रह गरे।

उनको मागपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले घडी हेर्दै खतिवडाप्रति इसारा गरेका थिए।

लगत्तै सभामुख घिमिरेले युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित छलफलको कार्यसूची हटाएको जानकारी गराए।

‘आजको कार्यसूचीमा रहेको युवा तथा खेलकुद मन्त्रालय सम्बन्धित विनियोजन शीर्षकहरूमाथिको छलफलको मन्त्रीज्यूको उपस्थिति नभएको हुँदा सूचीबाट हटाइएको व्यहोरा जानकारी गराउँदछु,’ सभामुख घिमिरेले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group