ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद् विस्तारसँगै सुदूरपश्चिम माओवादीमा विवाद संसदीय दल दुईतिर


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   १ : ४६   बजे

काठकमडौं २९ जेठ । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तारसँगै माओवादी केन्द्रमा असन्तुष्टि बढेको छ । संसदीय दलका नेता मानबहादुर धामीले एकतर्फी रूपमा मन्त्रीहरू छनोट गरेको भन्दै अर्को पक्षले विरोध गरेको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । जसमा माओवादीबाट अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिक मन्त्री बनेका छन् । भाट सामाजिक विकास मन्त्री बन्दा रावल र बिकले मन्त्रालय पाएका छैनन् ।

यसले माओवादीमा भने असन्तुष्टि चुलिएको छ । संसदीय दलका नेता मानबहादुर धामीले एकलौटी रूपमा मन्त्रीहरू सिफारिस गरेको भन्दै अर्को पक्षले विरोध गरेको छ ।

माओवादी निकट स्रोतका अनुसार प्रदेश कमिटीको बैठक बसेर संसदीय दलको धारणा बुझेर संस्थागत निर्णय गर्ने समझदारी बनेको थियो । प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलको उपस्थितिमा बनेको समझदारीअनुसार प्रदेश संसदीय दलबाट सर्वसम्मत सरकारमा पठाउने मन्त्रीको नाम टुंग्याउने कुरा भएको थियो ।

सोमबार बिहान ११ बजे माओवादी संसदीय दलको बैठक बोलाइएको पनि थियो । तर सोमबार प्रदेश संसदीय दलका नेता धमीले अनिश्चितकालका लागि बैठक स्थगित भएको सूचना पठाए । अनि मन्त्रीहरूको नाम आफैंले तय गरे ।

‘दल नेताले प्रदेश इन्चार्जलाई सम्पर्क गरेर सरकारमा पठाउने माननीयज्यूहरूको नाम सुनाउनुभएको रहेछ । इन्चार्जज्यूले त्यही भए पनि एकपटक बैठक बोलाउनुहोस् भन्नुभएको थियो,’ माओवादीका एक नेताले भने, ‘तर उहाँले दलको बैठक स्थगित गरेर आफूखुसी नाम पठाउनुभयो । समस्याको मुख्य कारण यही हो ।’

प्रदेश सचिव जनकबहादुर बुढा पनि प्रदेश संसदीय दलले सोमबार चालेको कदम प्रक्रियासम्मत नभएको बताउँछन् । प्रदेश संसदीय पार्टीभन्दा बाहिर नहुने भन्दे उनले भने, ‘पार्टीका प्रदेश इन्चार्ज, अध्यक्ष र अन्य नेताहरूको परामर्श र जानकारी बिना संसदीय दलका नेताले जुन कदम चाल्नुभयो यो प्रक्रियासम्मत छैन । यो विषयमा गम्भीर समस्या हुनुपर्छ र पार्टीले उपयुक्त निर्णय लिनुपर्छ ।’

मुख्यमन्त्रीसँग रुष्ट खगराज

१२ माघमा बहुमत प्रदेश सभा सदस्यले दल नेताबाट हटाएपछि खगराज भट्ट मौन बसेका थिए । नयाँ दल नेता मानबहादुर धामीले बोलाएका संसदीय दलका बैठकमा समेत सहभागी भएनन् । प्रदेश इन्चार्ज पोखरेलको उपस्थितिमा बसेको संसदीय दलको बैठकले भट्टलाई दल नेताभन्दा माथिल्लो वरीयता दिने समझदारी भएपछि उनी बैठकमा सहभागी हुन थालेका थिए ।

सोमबार पनि ११ बजे बैठक बोलाएको दलको बैठकमा सहभागी हुन प्रदेश सभा परिसर पुगिसकेका थिए । तर दल नेता धामीले बैठक स्थगित भएको सूचना पठाए ।

लगतै भट्ट सहितका माओवादीका ५ सांसदले मुख्यमन्त्री सोडारीलाई भेटेर ध्यानाकर्षण गराएका थिए । तर मुख्यमन्त्रीले हतार हतारमा शपथ खुवाएको भन्दै उनले ढिलोचाँडो त्यसको प्रतिफल सोडारी स्वयंमले भोग्नुपर्ने उनी बताउँछन् ।

‘२८ जनाको समर्थन पाएको सरकारले सबैलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने हो । तर पाँच जनाको विमति हुँदाहुँदै जुन तरिकाले मन्त्रिपरिषद् बनाइएको छ । त्यो सरकारको स्वास्थ्यका लागि धेरै फाइदाजनक होइन,’ भट्टले अनलाइनखबरसँग भने, ‘मान्छेलाई चिडाउँदै गयो भने दुर्भाग्यपूर्ण हुन्छ ।’

संसदीय दलका नेता धामीको पक्षमा रहेका नेताहरूले भने प्रदेश नेतृत्वमा रहेका नेताहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न गुटबन्दी गरिरहेको आरोप लगाएका छन् । प्रदेश कमिटी सदस्य चन्द्रकान्त भट्टले प्रदेश संसदीय दललाई असफल पार्ने उद्देश्यले प्रदेश नेतृत्वले मन्त्रीहरूलाई रोक्ने प्रयास गरेको बताए ।

‘पार्टीको शीर्ष नेतृत्वको निर्देशन र निर्णयका आधारमा संसदीय दलले मन्त्रीहरू पठाएको हो, तर यहाँ व्यक्तिगत स्वार्थ पूरा गर्न विधि, विधानभन्दा पनि गुटबन्दी गराउने र संगठनलाई ध्वस्त पार्ने खेल नेतृत्वमा बस्नेहरूबाट भएको छ,’ भट्टले अनलाइनखबरसँग भने, ‘यो कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’

विना विभागीय मन्त्री बनेका माओवादी प्रदेश संसदीय दलका उपनेता अक्कलबहादुर रावलले प्रदेश इन्चार्जकै प्रस्तावअनुसार मन्त्रीको नाम टुंगो लगाउने केन्द्रीय अध्यक्षलाई दिइएको र प्रचण्डले दिएको सूचीअनुसार मन्त्री बनाएको दाबी गरे । ‘प्रदेशमा सहमति हुँदैन, केन्द्रीय अध्यक्षलाई जिम्मा दिने कुरा भएको थियो । त्यहीअनुसार नाम आएको हो’ रावलले अनलाइनखबरसँग भने, ‘सांसद र नेताहरुले माथिबाट आएको नाम सहमति उल्लंघन गर्नुभयो ।’

दोहोरिन सक्छ दल नेता फेर्ने खेल

मन्त्रिपरिषद् विस्तारसँगै माओवादीमा देखिएको विवाद यतिमै रोकिने सम्भावना कम छ । यो विवादले १२ माघ प्रकरण दोहोर्‍याउन सक्ने नेताहरू बताउँछन् ।

सुदूपश्चिममा माओवादीका सभामुखसहित ११ जना सांसद छन् । ६ जनाले १२ माघमा खगराज भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए ।

त्यो बेला धामीलाई साथ दिएका प्रदेश सभा सदस्य शिवसिंह ओली अहिले विरोधमा छन् । दल नेता धामीले मन्त्री छनोटमा एकलौटी गरेको भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउनेमा ओली पनि थिए । अहिले खगराजसँग रमेशबहादुर धामी, झपट साउँद, जानकी कुँवर पौडेल र ओली गरेर पाँच जना सांसद छन् ।

अब एक जना सांसदले साथ दिनासाथ खगराज भट्ट दलको नेतामा फर्किन सक्छन् । माओवादीका नेताहरू पनि यो सम्भावनालाई इन्कार गर्दैनन् । ‘हिजो खगराजमाथि जे आरोप लगाइएको थियो । साथीहरू अहिले त्यही बाटोमा हिंडिरहनुभएको छ,’ एक नेताले भने, ‘कतिपय धामीभन्दा खगराज नै ठीक भन्ने अवस्था पुगिसकेका छन् । दल नेतामा उनी फर्किने सम्भावना देखिन्छ ।’

उपनेता अक्कल रावल भने त्यो सम्भावना नभएको दाबी गर्छन् । ‘दल नेता हटाउने र बनाउने खेल अब हुँदैनन् । किनकि पार्टी केन्द्रले यस्ता गतिविधिमा नलाग्न र नदोहोर्‍याउन निर्देशन दिइसकेको छ,’ रावलले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group