ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी कार्यालयहरूको व्यवहारले धेरै युवा निराश भए- सांसद पौडेल


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   २ : १०   बजे

काठकमडौं २९ जेठ । प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयहरूले सेवाग्राहीलाई गर्ने व्यवहारमा परिवर्तन हुनुपर्ने माग गरेका छन् । पहुँच हुनेहरूको काम गर्ने तर सर्वसाधारणको काममा अल्झन ल्याउँदा युवाहरूको राज्यप्रति निराशा बढेको सांसद पौडेलको भनाइ थियो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पौडेलले सेवाग्राहीको काम किन हुन नसकेको हो भन्ने कुरा लिखितमा दिनुपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

ुसरकारी कार्यालयहरूमा सेवाग्राही जाँदा राम्रो व्यवहार नहुने गरेको छ । पहुँच पुगेका मान्छेहरूको काम हुने, रिस्वत बुझाउन सक्ने मान्छेहरूको काम हुने अरुको काम नहुने १ विशेष गरी महिलामान्छे, निमुखा, विपन्न मान्छेहरूलाई असाध्यै ज्यादा हेप्ने,ु उनले भने, ुसरकारी कार्यालयहरूले गरेको व्यवहारका कारणले धेरै युवाहरू निराश भएको स्थिति छ ।ु

सेवा ग्राहीको काम किन हुन नसकेको हो भनेर सरकारी अधिकारीले लेखेर दिनुपर्ने कानुनी व्यवस्था गर्न सांसद पौडेलले माग गरेका छन् । ुसेवा ग्राहीले लगेको काम सेवा केन्द्रले किन नगरेको हो रु काम नहुनाको कारण खुलाएर सेवा केन्द्रले लिखित रुपमा जवाफ दिने अनिवार्य व्यवस्था गरौं,ु उनले भने, ुसबै सरकारी कार्यालयले सेवाग्राहीको काम कुन कानुन नमिलेको कारणले, के कानुनी समस्या भएको कारणले नभएको हो लिखित रूपमा अनिवार्य जवाफ दिने व्यवस्था गरियो भने भ्रष्टाचार पनि न्यूनीकरण हुन्छ, सरकारी सेवा केन्द्रले सेवा ग्राहीहरूलाई सुलभ रूपमा सेवा सुविधा उपलब्ध गराउन पनि सकिन्छ । सरकारको प्रभाविकारीता पनि देखिन्छ ।

सेवाग्राहीको काम नहुनाको कारण लिखितमा दिनुपर्ने व्यवस्था कानुनमा गर्नका लागि सांसद पौडेलले सरकारसँग माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रुकुम पश्चिममा माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu