ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा चोरिएका मोबाइल दोब्बर मूल्यमा नेपाल तस्करी, भारतीय प्रहरीले समात्यो गिरोह


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   ५ : २३   बजे

काठकमडौं २९ जेठ । दिल्लीमा पकेटमार र चोरहरुसँग फोन किनेर नेपालमा दोब्बर मूल्यमा बिक्री गरी एक भारतीय दम्पती र उनीहरुका दुई सहयोगीले राम्रो आम्दानी गरिरहेका थिए।

उनीहरुको कमाइ तब मात्र रोकियो जब उनीहरु प्रहरीको नियन्त्रणमा परे।  यो गिरोहको धन्दाबारे डीसीपी राकेश पवरियाले सुनाए–

 

‘मे १९ को दिन दिउँसो ३ः३५ बजे सेन्ट्रल डिस्ट्रिक्टका विशेष कर्मचारीले एक जना अर्जुन भन्ने व्यक्तिबारे फोनमा सूचना दिए। जो खैरो रंगको स्विफ्ट कारमा कमला मार्केट आउँथे र चोरिएका र पकेट मारिएका फोन बस र रेलबाट नेपाली बजारमा पठाउँथे। हामीलाई त अवैध हातहतियार पनि यसरी पठाइएको हुनसक्ने सूचना आयो। अर्जुन हत्या प्रयासदेखि लुटपाट र हातहतियारसम्मका घटनामा समेत जोडिएका छन्।’

प्रहरी उपनिरीक्षक रोहित कुमारको नेतृत्वमा एक समूह बनाएर यसको अनुसन्धान सुरु गरियो। यसका लागि अजमेरी गेटनजिकैको स्थानलाई विशेष निगरानीमा राखियो।

मे १९ मा उक्त प्रहरी टोलीले सन्दिग्ध कार नियन्त्रणमा लिएर अर्जुन र उनकी श्रीमती रुक्सारलाई समायो। लगत्तै उनलाई खानतलासी गर्दा प्रहरीले सात राउन्ड गोली लोड भएको पिस्टोल बरामद गर्‍यो। अर्जुनको कारमा धेरै ब्रान्डका १५० बढी चोरिएका मोबाइल, १४० बढी मोबाइल चार्जर र ९० बढी यूएसबी केबल फेला पर्‍यो।

त्यसपछि सोधपुछका क्रममा प्रहरीले विकास भनिने अर्जुन र उनी श्रीमती बिहारको मधुवनी नाकाबाट चोरीका मोबाइलको नेपाल तस्करीमा सक्रिय रुपमा संलग्न रहेको खुलासा भयो।

‘धेरै नाफाका लागि अर्जुन र उनकी श्रीमती तथा एक साथी र मोटा भनिने हिमांशुको यसमा संलग्नता रहेको पाइयो। उनीहरुले चोरी, लुटपाट र पकेटमार गर्नेसँग सम्पर्क गरी ती मोबाइल ४ देखि ५ हजारसम्ममा किनेर नेपालमा १० देखि १५ हजार रुपैयाँमा अन्य सहयोगीसँग मिलेर बेच्ने गरेको पाइयो’, भारतीय प्रहरी अधिकृत भन्छन्।

उनका अनुसार हिमांशु ती फोन बेच्न नेपाल जाने गर्थे। उनीहरुले आफ्नो कारबाट पहाडगन्जबाट नयाँ दिल्ली रेल स्टेसनसम्म पुर्‍याउँथे। यसरी पुर्‍याउँदै गर्दा प्रहरीबाट समातिएका थिए।

हिमांशु नेपालबाट दिल्ली आउँदै गर्दा स्वतन्त्र सेनानी एक्सप्रेस रेलबाट आइरहेको थाहा पाएपछि प्रहरीले पक्राउ गरेको थियो। सो क्रममा २५ वटा पकेट मारिएका फोन बरामद गरिएको थियो।

त्यस्तै अर्का २८ वर्षीय मधुवनीका जगरनाथ कुमार यादवलाई भारतीय प्रहरीले नेपालसँगको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो। उनीबाट २२६ चोरिएका मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। इन्डियन एक्सप्रेसबाट

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group