ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘फ्लोर क्रस’ गरेका फणीन्द्रलाई कारबाही गर्ने पत्र पेरिसडाँडामा, निलम्बनको तयारी


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   ५ : ५५   बजे

काठकमडौं २९ जेठ । दलको ह्वीप उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाको कारबाही प्रक्रिया अघि बढाएको छ।

देवकोटाले सोमबार ९जेठ २८० मा फ्लोर क्रस गरेर कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका थिए।

देवकोटाको निर्णायक मत पाएर पाण्डेले गण्डकी प्रदेश सभामा विश्वासको मत पाएर सरकार जोगाएका छन्। माओवादीले विश्वासको मतको विपक्षमा उभिन सांसदलाई ह्वीप लगाएपनि त्यसलाई देवकोटाले अवज्ञा गरेका थिए।

सोमबार नै माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले देवकोटालाई कारबाही प्रक्रिया अघि बढाउन पार्टी कर्यालय पेरिसडाँडालाई पत्राचार गरेको थियो।

पार्टी कार्यालयले कारबाहीको प्रक्रिया अघि बढाएको छ।  माओवादीले भन्यो–फणिन्द्र देवकोटामाथि कारवाही प्रक्रिया अघि बढ्यो
‘देवकोटाजीलाई कारबाही गर्ने पत्र पाएपछि आजबाट मुख्यसचिवले तयारी थाल्नुभएको छ, ‘आज उता पठाउँछौँ।’

देवकोटालाई निलम्बन गर्ने भएकोले पहिला स्पष्टिकरणको मौका दिनुपर्नेछ। त्यसको लागि २४ घण्टाको समय दिइनेछ।

तर, त्यो स्पष्टिकरण चित्त नबुझेपछि पदबाट निलम्बन गर्न सभामुखलाई पत्राचार गर्नेछ।  ‘दल त्याग सम्बन्धि सूचना संसदीय दलले सभामुखसमक्ष पेश गर्नुपर्‍यो, सबै प्रक्रिया टुंगिन बिहीबारसम्म लाग्छ,’ स्रोतले थप्यो।

नेकपा माओवादी केन्द्रले बैठक बसेर कारबाही गरेको निर्णय गर्नेछ।

माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि केन्द्रको पत्रको पर्खाइमा रहेको बताए।

‘हामी पेरिसडाँडाको पत्र कुरिरहेका छौँ,’ उनले भने, ‘प्राप्त हुनेबित्तिकै सभामुखसमक्ष निलम्बनका लागि दर्ता गराउँछौँ।’

सभामुखले दल त्याग गरेर निलम्बन भएको सूचना प्रदेश सभा बैठकमा पढेर सुनाउनुपर्नेछ।

नेपाल समाजवादी पार्टी नेसपा०का पोलिटब्यूरो सदस्य रहेका देवकोटाले मंसिर ४ मा सम्पन्न प्रदेश सभा चुनाावमा गोरखा २ ९१० बाट चुनाव जितेका थिए।

उनले नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेकोले दलको ह्वीप लाग्ने बताइएको छ।

तर, देवकोटा भने त्यस्तो नहुने दाबी गर्छन्। देवकोटा मंगलबार उर्जा मन्त्री नियुक्त भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu