ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदी ३.० : गठबन्धनका कारण विगतभन्दा जम्बो मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय?


एबीसी न्यूज
२९ जेष्ठ २०८१, मंगलबार   ६ : ०४   बजे

काठकमडौं २९ जेठ । चुनावी परिणामले सबैलाई भाग पुर्याएर सरकार चलाउनुपर्ने अवस्थामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक विगतभन्दा निकै ठूलो मन्त्रिपरिषद् गठन गरे।

भारतीय इतिहासमै लगातार चुनाव जितेर तेस्रो पटक प्रधानमन्त्री हुने दोस्रो नेता बनेका मोदीले यसपटक ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। जबकि विगतमा उनको दल भारतीय जनता पार्टीले बहुमत ल्याउँदा मोदी मन्त्रिपरिषद् सन् २०१४ मा ४६ र सन् २०१९ मा ५२ सदस्यीयमात्रै थिए। यसपटक बहुमत नपाएकै कारण प्रधानमन्त्री मोदीले सबैलाई समेटेर मन्त्रिपरिषद् गठन गर्न बाध्य भए। तर शक्तिशाली मन्त्रालयहरूमा भने पुरानै नेताहरूलाई दोहोर्याएका छन्।

प्रधानमन्त्री मोदीले सोमबार अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् भने राजनाथ सिंहलाई रक्षा र निर्मला सीतारमणलाई अर्थ मन्त्रालयमा जिम्मेवारी दिएका छन्। नेपालले चासोका साथ लिएको विदेश मामिला मन्त्रालयमा पनि डा एस जयशंकर दोहोरिएका छन्। जयशंकर यसअघि पनि विदेशमन्त्री नै थिए।

प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्मा नयाँ प्रवेश गर्नेहरुमध्ये शिवराज सिंह चौहानलाई कृषि तथा ग्रामीण विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्। चौहान मध्य प्रदेशका पूर्वमुख्यमन्त्री हुन्। मोदीले भाजपाका अध्यक्ष जेपी नड्डालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा फर्काएका छन्। उनी मोदीको पहिलो कार्यकालमा स्वास्थ्यमन्त्री थिए।

त्यस्तै, यातायात मन्त्रीमा नितिन गडकरी दोहोरिएका छन् भने हरियाणाका पूर्वमुख्यमन्त्री मनोहरलाल खट्टरलाई शहरी विकास र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ। अश्विनी वैष्णवले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन्। धर्मेन्द्र प्रधान शिक्षामन्त्री बनेका छन् भने पियुष गोयलले उद्योग बाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री मोदीले किरेन रिजिजुलाई संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् भने अर्जुनराज मेखवाललाई कानून मन्त्रालयकै जिम्मेवारीमा दोहोर्याएका छन्। भुपेन्द्र यादव बातावरण मन्त्रालयको जिम्मेवारीमा आएका छन्।

एचडी कुमारस्वामीले ठूला उद्योग मन्त्रीको जिम्मेवारी पाएका छन् भने जितनराम माझीले साना तथा मझौला मन्त्रालय दिइएको छ।

कुमारस्वामी जेडी सेक्युलर दलबाट हुन् भने माझी एचएएम सेक्युलरबाट मन्त्री बनेका हुन्। त्यस्तै, जनता दल संयुक्तका लालन सिंहलाई मत्स्यपालन तथा पशुपालन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, टीडीपीका राममोहन नायडुलाई नागरिक उड्यन मन्त्रालय र एलजेपीका नेता निराग पासवानलाई खाद्य प्रशोधन मन्त्रालयको जिम्मेवारी दिइएको छ। सीआर पाटिलले जलशक्ति मन्त्रालय पाएका छन्। गजेन्द्रसिंह शेखावत संस्कृति र पर्यटन मन्त्री बनेका छन्। गृहमन्त्री अमित शाहले सहकारी मन्त्रालय र अर्थमन्त्री सीतारमणले कर्पोरेट मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन्।

वीरेन्द्र कुमारलाई सामाजिक न्याय तथा जुआल ओरमलाई जनजाति मामिला मन्त्री बनेका छन्। प्रधानमन्त्री मोदीले प्रल्हाद जोशीलाई उपभोक्ता मामिला, जी किशन रेड्डीलाई खानी र गिरिराज सिंहलाई ग्रामीण विकास तथा पञ्चायतको जिम्मेवारी दिइएको छ। अन्नपूर्ण देवी महिला तथा बालविकास मन्त्री बनेकी छन्।

आरएलडी नेता जयन्त चौधरीलाई सीप विकास र उद्यमशीलता मन्त्रालय तथा शिवसेना नेता जाधव प्रतापराव गणपतरावले आयुष मन्त्रालयको जिम्मेवारी पाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu