काठमाडौं ३० जेठ । युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ। भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।
विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “हामी ९विदेश मन्त्रालय० मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। मस्कोमा हाम्रो दूतावासले रसियाली रक्षा मन्त्रालयलगायत रुसी अधिकारीहरूलाई शव जतिसक्दो चाँडो स्वदेश फिर्ता गर्न दबाब दिइरहेको छ।’
भारतीय विदेश मन्त्रालय र मस्कोमा रहेको भारतीय दूतावासले रुसी सेनामा सेवा गरिरहेका सबै भारतीय नागरिकको चाँडो रिहाइ र फिर्ताको मुद्दालाई नयाँ दिल्लीस्थित रुसी राजदूत र मस्कोमा रुसी अधिकारीहरूसँग जोडदार रूपमा उठाएको बीबीसी हिन्दीले जनाएको छ।
भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘भारतले रुसलाई भारतीय नागरिकलाई सेनामा भर्तीमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गरेको छ, किनकि त्यो कार्य दुई देशबीचको साझेदारीभित्र पर्दैन।’
भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘भारतले रुसलाई भारतीय नागरिकलाई सेनामा भर्तीमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गरेको छ, किनकि त्यस्ता गतिविधि दुई देशबीचको साझेदारीसँग मेल खाँदैन।’
यसै वर्ष मार्चमा धेरै भारतीयलाई रसियामा जागिरको बहानामा रुसी सेनामा भर्ती गरेको खुलासा भएको थियो।
प्रतिक्रिया दिनुहोस्