ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यतालिका बनाएर प्रशासनको सेवा


एबीसी न्यूज
३० जेष्ठ २०८१, बुधबार   १२ : ०४   बजे

काठमाडौं ३० जेठ । ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङ्ले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह गर्न थालेको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता वितरणमा राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याएपछि कार्यतालिका बनाएर जेठ २७ गतेबाट सेवा प्रवाह गर्न थालेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले प्रशासन कार्यालयमा बढ्न गएको चापले सेवा लिन कठिनाई उत्पन्न भएपछि राष्ट्रिय परिचयपत्र आवेदन तथा वितरण कार्यलाई छिटोछरितो र प्रभावकारी बनाउनका लागि हप्ताका विभिन्न बारहरुमा प्रत्येक पालिकाका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आइतबार आँधीखोला गाउँपालिका, सोमबार फेदिखोला गाउँपालिका, मङ्गलबार पुतलीबजार नगरपालिका, बुधबार अर्जुनचौपारी गाउँपालिका, बिहीबार हरिनास गाउँपालिका र शुक्रबार बिरुवा गाउँपालिकाका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी सेवा प्रवाह गरेको पौडेलले बताउनुभयो ।

यस्तै इलाका प्रशासन कार्यालय वालिङ्ले आइतबार र शुक्रबार वालिङ् नगरपालिका, सोमबार भीरकोट नगरपालिका, मङ्गलबार गल्याङ नगरपालिका, बुधबार चापाकोट नगरपालिका र बिहीबार कालीगण्डकी गाउँपालिकाका सेवा दिन थालेको छ ।

ज्येष्ठ नागरिकको हकमा सोही अनुसारको आवश्यक सूचना प्रवाह गरि सहयोग गरिदिन जिल्ला स्थित सबै स्थानीय तहलाई अनुरोध समते गरेको पौडेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu