ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असारदेखि मेलम्चीको पानी रोकिँदै


एबीसी न्यूज
३० जेष्ठ २०८१, बुधबार   १२ : ३५   बजे

काठमाडौं ३० जेठ । असारदेखि मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिने भएको छ । बर्खा सुरु भएकाले सुरुङलाई गेग्य्रान छिर्नबाट जोगाउन पानी बन्द गर्न लागिएको हो । अहिले मेलम्चीबाट दिनको करिब २० करोड लिटर पानी आउने गरेको छ । तर पानी कति समयसम्म बन्द रहने यकिन नभएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए ।

मेलम्चीको मुहानमा बनाइएको ‘इन्टेक’ ९हेडवर्क्स क्षेत्र० मा गत वर्ष बर्खामा थुप्रिएको गेग्य्रान हटाउँदै एक्स्काभेटर । फाइल तस्बिर स् कान्तिपुर

०७८ साल असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । गत असारमा बन्द गरिएको पानी ६ महिनापछि अर्थात् माघ १ देखि उपत्यकामा वितरण गरिएको थियो । तीन वर्षदेखि मेलम्चीको पानी सुक्खा मौसममा मात्र काठमाडौंमा वितरण गरिँदै आएको छ ।

 

गत वर्षजस्तै मेलम्चीको पानी यस पटक पनि बन्द गर्ने तयारी रहेको कार्यकारी निर्देशक लामिछानेले बताए । ‘जल तथा मौसम विज्ञान विभागले आगामी जेठ ३१ बाट मनसुन सक्रिय हुने सूचना दिएकाले खानेपानी मन्त्रालयको निर्णयअनुसार असार १ बाट पानी बन्द गर्ने सोचमा छौं,’ उनले भने । अहिले दुई जना इन्जिनियरसहित परामर्शदाता तथा निर्माण व्यवसायीबाट समेत ५ जना कर्मचारी मुहान क्षेत्रमा परिचालन गरिएको उनले जनाए ।

‘मुहानभन्दा केही माथि नाकोटे क्षेत्रमा बाढी आएरनआएको बारे जानकारी दिने गरी एक जना हेरालुलाई पारिश्रमिक दिएरै राखिएको छ,’ लामिछानेले भने, ‘उनले दिएको बाढीको सूचनाका आधारमा मुहानबाट सुरुङमा पठाएको पानी बन्द गरिनेछ ।’ मुहानमा सामान्य रूपको धमिलो आउँदासम्म पानी काठमाडौं पठाउने योजना रहेको उनले सुनाए । ‘लगातार वर्षा भइरहे समस्या हुने हो,’ उनले भने, ‘बीचमा घाम लागेको दिनमा कुनै समस्या आइनपरे पानी पठाउने सोचमा छौं ।’ बर्खामा बाढीले बिग्रिएको सडक असोज र कात्तिकसम्म बनाउँदैमा समय जाने गरेको छ । बाढीले गर्दा सडक सफा गरेर मुहानसम्म पुग्न समस्या हुने गरेको छ । तुरुन्तै एक्स्काभेटर लगेर काम गर्न समस्या हुने गरेको छ ।

बाढी आएर बाटो बन्द हुने खतरा रहेको ठाउँनजिकै एक्स्काभेटर तयारी अवस्थामा राखिएको लामिछानेले जानकारी दिए । एक्स्काभेटर बर्खाभर त्यही राखिने उनको भनाइ छ । ‘अहिले एक्स्काभेटर राख्दा मनसुन कम भएपछि छिटो बाटो खोल्न सजिलो हुनेछ,’ उनले भने, ‘हामीले यो बर्खामा ढिलो बन्द गरेर सुक्खा लाग्नेबित्तिकै छिटो पानी पठाउने योजना बनाएका छौं ।’ मेलम्चीबाट सुरुमा १७ करोड लिटर पानी आइरहेको थियो । काठमाडौंमा पानीको माग धेरै भएपछि पछि थप गरेर २० करोड लिटर पुर्‍याइएको हो ।

मेलम्चीको मुहानमा पानी पथान्तरणका लागि बनाइएको ‘इन्टेक’ ९हेडवर्क्स क्षेत्र० लाई सुरक्षित ठाउँमा सारिने भएको छ । आर्थिक वर्ष ०८१र८२ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख भएसँगै त्यसका लागि डिजाइन गर्ने गरी अन्तर्राष्ट्रिय परामर्शदाता छनोटको तयारी थालिएको छ । अहिलेको मुहान नजिकै सधैं बगिरहने पहिरो भएकाले बेला इन्टेक पुरिने खतरा रहेको लामिछानेले बताए । काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ ८ सय मिटर दूरीमा सार्ने तयारी छ ।

नयाँ इन्टेकका लागि सर्कथली क्षेत्र उपयुक्त मानिएको लामिछानेले जनाए । मंसिरसम्म परामर्शदाता छानिसक्ने र परामर्शदाताले ६ महिनाभित्र त्यसको डिजाइन दिने उनले बताए ।

अबको दुई वर्षभित्र यसको काम सुरु हुने उनको भनाइ छ । इन्टेक सारेर नयाँ संरचनाबाट पानी सुरुङमा पठाउन थप एक किमि सुरुङ निर्माण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दए । थप तीन किमि सडक पनि निर्माण गरिने उनको भनाइ छ ।

दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट थप १७र१७ करोड लिटर पानी ल्याइनेछ । यसअनुसार तीन चरण गरेर ५१ करोड लिटर पानी काठमाडौं आउनेछ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० को सेवाभित्र उपत्यकाका तीन जिल्लामा २ लाख ५६ हजार धारा छन् । तिनै धारामा मेलम्चीको पानी उपलब्ध गराइनेछ ।

सुरुको अवधारणाअनुसार मेलम्ची, यांग्री र लार्केबाट पानी ल्याउन सके ०३५ सम्म काठमाडौं उपत्यकामा पानीको माग व्यवस्थापन गर्न सकिने समितिको भनाइ छ । याङ्ग्री र लार्के खोलाको पानी काठमाडौं ल्याउन डिजाइनको काम चालु आर्थिक वर्षभित्र अघि बढाएर काम गरिने समितिका कार्यकारी निर्देशक लामिछानेले जनाए । ‘दुई वर्ष भित्र यांग्री र लार्के खोलाको पनि ठेक्का हुनेछ,’ उनले भने ।

१७ सय किमि नयाँ पाइप बिछ्याइयो

मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा १ हजार ७ सय किमि नयाँ पाइलाइन विस्तार गरिसकिएको छ । यसरी विस्तार गरिएका केही पाइपलाइनमा पानी ‘टेस्टिङ’ गरिएको र केहीमा अझै बाँकी छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मण्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमिमध्ये ७ सय किमि पाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ का आयोजना निर्देशक राजेन्द्र सापकोटाले बताए ।

‘यो नेपाल सरकारको एकल लगानीबाट बिछ्याइएका पाइप हुन्, जसमध्ये अब ६० किमि पाइप बिछ्याउन बाँकी छ, बिछ्याइएका पाइपको टेस्टिङ र कमिसनिङ गर्ने तयारी हुँदै छ । साउन दोस्रो सातासम्म यो काम सक्ने तयारी छ,’ सापकोटाले भने । पाइप टेस्टिङको काम सकिएपछि त्यही पाइपबाट पानी वितरण थालिने उनको भनाइ छ । १ हजार १० किमि पाइप एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा बिछ्याइएको हो । जसमा ८ सय किमिमा परीक्षणको काम सकिएको छ । २ सय १० किमिमा बाँकी छ । ‘२ सय १० किमि पाइपको एकरदुई महिनामा पानी परीक्षणको काम सकिनेछ,’ उनले भने, ‘त्यसका लागि पर्याप्त पानी चाहिन्छ ।’

रिङरोड बाहिरको क्षेत्रमा पनि मेलम्चीको पानी वितरण गर्ने कुरा बजेट वक्तव्यमा उल्लेख भएअनुसार यो छलफलका क्रममा रहेको सापकोटाले बताए । यसअन्तर्गत थिमि, पेप्सीकोला, जोरपाटी र कीर्तिपुरमा ७ सय किमि पाइप बिछ्याउने योजना छ । ‘यो काम एडीबीको ऋण सहयोगमा अघि बढ्नेछ,’ उनले भने, ‘यसको डिजाइन भइसकेको छ, ढिलोमा भदौसम्म काम अघि बढ्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group