ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट बंगलादेशले ५ वर्षका लागि विद्युत् खरिद गर्ने, ७ अर्ब ३९ करोडको निर्यात हुने


एबीसी न्यूज
३० जेष्ठ २०८१, बुधबार   ३ : ०५   बजे

काठमाडौं ३० जेठ । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट विद्युत् लैजाने निर्णय स्वीकृत गरेको छ।  मंगलबार बसेको सरकारी खरिदसम्बन्धी मन्त्रिपरिषद् समिति ९सीसीजीपी० बैठकले नेपालबाट ४० मेगावाट विद्युत लैजाने निर्णय स्वीकृत गरेको हो।

समितिले स्वीकृत गरेको १५ प्रस्तावमा नेपालबाट विद्युत् आयात गर्ने प्रस्ताव पनि समावेश रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

 

बंगलादेशको राष्ट्रिय समाचार एजेन्सीका अनुसार अर्थमन्त्री अबुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको बैठकले ४० मेगावाट विद्युत खरिदको निर्णय गरेको छ।

बैठकपछि पत्रकारलाई जानकारी दिँदै भारतीय मार्गबाट नेपालको ४० मेगावाट विद्युत खरिद सम्झौता भएको क्याबिनेट सचिव महमुदुल हुसेन खानले जानकारी दिए।

‘ऊर्जा विभागको प्रस्तावअनुसार बंगलादेश पावर डेभपलमेन्ट बोर्डले ५ वर्षको लागि ४० मेगावाट विद्युत् खरिद गरिनेछ’, सचिव खानले भनेका छन्, ‘विद्युत् खरिद नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेछ।’

उनका अनुसार बंगलादेशले नेपालबाट ८।१७ टाका अर्थात् नेपाली रुपैयाँ ९ रुपैयाँ १२ पैसामा खरिद गर्नेछ।अहिलेको विनिमय दर अनुसार बंगलादेशले ५ वर्षमा ७ अर्ब ३९ करोड रुपैयाँको विद्युत् खरिद गर्ने भएको छ।

बंगलादेशको ऊर्जा सचिवस्तरीय बैठक असार ९ र १० गते नेपालमा हुँदै छ। उक्त बैठकमा २ पक्षीय सम्झौता हुने नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। त्यसपछि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu