ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटना न्यूनीकरण गर्न विद्यार्थीद्वारा जेब्रा क्रसिङ निर्माण


एबीसी न्यूज
३० जेष्ठ २०८१, बुधबार   ३ : ११   बजे

काठमाडौं ३० जेठ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल विद्यार्थी संघ लुम्बिनी आदर्श माविले कावासोती नगरपालिकाका विभिन्न ठाउँमा जेब्रा क्रसिङ निर्माण थालेको छ । जिल्ला ट्राफिक कार्यालयसँग समन्वयन गरी कावासोती नगरपालिकाका भित्री सडकमा रहेका विद्यालयहरू र चोकमा नेविसंघले जेब्रा क्रसिङ निर्माण गरेको हो ।

बढी भिडभाड हुने र सडकमा जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्न थालेपछि विद्यार्थीलाई सजिलो होस् भनेर बाटो क्रस गर्ने स्थानलाई मध्य नजर गर्दै जेब्रा क्रसिङ निर्माण गरिएको आयोजक समितिका सभापति सुजल अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कावासोती नगरपालिका २ को बि।पी चोक, कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती ८ र लुम्बिनी आदर्श डिग्रीकलेज को भित्री सडक गरी चार ठाउँमा जेब्रा क्रसिङ निर्माण गरिसकिएको छ । अब कावासोती नगर भित्रका १५ विद्यालयहरू र चोकमा जेब्रा क्रसिङ्ग बनाइने छ ।’’

जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख अच्युतराज आर्चायले विद्यालय, बजार क्षेत्र र बढी भिडभाड हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएपछि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने बताउनुभयो । जेब्रा क्रसिङबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने ट्राफिक प्रहरीको योजना छ । यात्रुले बाटो क्रस गर्ने क्रममा तीव्र गतिमा आएका सवारी साधनले नदेखेर दुर्घटना हुनसक्ने भएकाले जेब्रा क्रसिङ निमार्ण गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

जिल्ला अध्यक्ष हरि सुवेदी, नेविसंघ पूर्व केन्द्रीय सदस्य आर।सी भट्टराई, पूर्व जिल्ला उपाध्यक्ष लक्षु रिजाल, जिल्ला सदस्यहरू जितु खड्का, हुमन पाण्डे, सुदिप चापागाईँ, नगर सभापति कुमार क्षेत्री, लुम्बिनी कलेज सभापति प्रज्वल क्षेत्री लगायत जेब्रा क्रसिङ निमार्ण मा खटिनु भएको छ । कावासोती नगर मात्र नभई आगामी दिनमा समेत यस्ता गतिविधिलाई जिल्लाका विभिन्न ठाउँमा निरन्तरता दिने जिल्ला अध्यक्ष हरि सुवेदी जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group