ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको शासकीय व्यवस्था हुनुपर्छ : राउत


एबीसी न्यूज
३० जेष्ठ २०८१, बुधबार   ४ : २९   बजे

काठमाडौं ३० जेठ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त ९सीके० राउतले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन् ।

विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि संघमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित हुने शासन व्यवस्था हुनुपर्ने अडानमा आफ्नो पार्टी रहेको राउतको भनाइ थियो ।

नेपाल समाजवादी पार्टीले बुधबार काठमाडौंमा आयोजना गरेको स्थापना दिवस कार्यक्रममा अध्यक्ष राउतले मुलुकमा प्रधानमन्त्री कतिखेर नरहने हो भन्ने खालको राजनीतिक अस्थिरता भएकाले पनि ती समस्यालाई समाधान गर्नका लागि शासकीय स्वरुपमा परिवर्तन गरेर अघि बढन उपयुक्त हुने धारणा राखे । उनले संसद्लाई दलतन्त्र लागू गर्ने थलोको रुपमा विकास गर्न नहुने बताए ।

‘हामी कहाँ संघीय लोकतान्त्रिक गणतन्त्र भयो । यो धेरै ठूलो उपलब्धि हो । धेरै सकारात्मक परिवर्तन हो । यो व्यवस्था ल्याउन भूमिका खेलेकोमा पुराना पार्टीहरूलाई हामी धन्यवाद पनि दिन्छौं । तर, देशले अहिले के भोगिराखेको छ भने एउटा अस्थिरताको शिलशिला सुरु भयो । म पटकपटक भन्ने गर्छु– प्रधानमन्त्री बिहान उठेर म प्रधानमन्त्री हो कि होइन भनेर सोच्नुपर्ने हुन्छ,ु राउतले भने, ुत्यतिधेरै अस्थिरताको वातावरण छ । प्रदेश सरकारहरू पनि हरेक हप्ता नै ढल्ने हो कि भन्ने यहाँ देखिन्छ । यस्तो खालको अस्थिरताको वातारण यहाँ छ । त्यसकारण निकास दिनका लागि हामी प्रत्यक्ष निर्वाचित कार्यकारी संघ र प्रदेशमा जानुपर्छ भन्ने पक्षमा हामी छौं । संसद्मा ह्वीप लगाउने व्यवस्था पनि हुनु हुँदैन, दलतन्त्र लाग्ने व्यवस्था हुनुहुँदैन ।’

अध्यक्ष राउतले संसद्मा ह्वीप लागू गर्ने कुराले सांसदहरूलाई स्वविवेकले कानुन निर्माण गर्न नदिएकाले त्यस्तो व्यवस्था राख्न नहुने तर्क गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group