ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विज्ञापन बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धा हटाउन चार संस्थाबीच सम्झौता


एबीसी न्यूज
३१ जेष्ठ २०८१, बिहिबार   ८ : ४४   बजे

काठमाडौं, ३१ जेठ ।   विज्ञापन बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई हटाएर कारोबारलाई पारदर्शी र अनुसाशित बनाउन चारवटा संस्थाहरुबीच सम्झौता भएको छ । नेपाल विज्ञापन सङ्घ (आन), राष्ट्रिय विज्ञापन सङ्घ नेपाल (नान), नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्सबीच विज्ञापन कारोबारलाई व्यवस्थित गर्ने विषयमा सम्झौता भएको हो ।

हिजो भएको सम्झौतापछि सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिअनुसार विज्ञापन कारोबारका लागि न्यूनतम शुल्क तोकिएको छ । आउँदो साउन १ गतेदेखि लागू हुने गरी छापा माध्यममा प्रतिकोलम प्रतिसेन्टिमिटर पाँच सय रुपैयाँ र टेलिभिजनमा एक हजार रुपैयाँ प्रतिमिनेट न्यूनतम दर कायम हुने उल्लेख छ ।

सम्झौतामा भएको यो व्यवस्था कुनै पनि सञ्चार र माध्यम र विज्ञापन एजेन्सीले मिलेमतोमा उल्लङ्घन गरे कारबाहीको दायरामा ल्याउने ती संस्थाले सहमति जनाएका छन् । यस्तै मिडियाहरुले कुनै पनि स्किम चलाउँदा विज्ञापनको न्यूनतम दररेटभन्दा कम गर्न पाइने छैन ।

यदि कुनै मिडियाले यो दरभन्दा न्यूनतम दरमा विज्ञापन सम्बन्धी कारोबार गरे त्यो मिडियालाई ३ महिनाका लागि विज्ञापन सम्बन्धी कारोबार गर्नबाट निलम्बन गरिने सम्झौतमा उल्लेख छ । सम्झौताअनुसार विज्ञापन एजेन्सीले क्रियटिभ कन्सेप्ट डिजाइनबापत शुल्क वार्षिक न्यूनतम छ लाख रुपैयाँ वा हरेक क्रियटिभ कन्सेप्टबापत न्यूनतम पाँच हजार रुपैयाँभन्दा कम शुल्क लिन पाउने छैन ।

यस्तै विज्ञापन एजेन्सीलाई दिएको १५ प्रतिशत कमिशन र मिडिया मार्केटिङ एजेन्सीले वाइङ्गको हकमा प्राप्त गर्ने अधिकतम थप ७ प्रतिशत शुल्क वापतको रकमबाट विज्ञापनदातालाई छुट दिन पाइनेछैन । एजेन्सीले मिडियाको दररेटमा नै कारोबार गर्नुपर्ने र वाइङ्ग एजेन्सीले दररेट स्वयम् तय गर्नुपर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार सञ्चारमाध्यमले विज्ञापनसम्बन्धी कारोबार गर्न दररेट प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ भने विज्ञापनको दररेट सार्वजनिक गर्दा छुटको प्रकृति खुलाउनुपर्नेछ । मूलधारका सञ्चारमाध्यमले कुनै पनि विज्ञापनदातासँग विज्ञापनको कारोबार सीधै गर्न पाउने छैन । इभेन्टको हकमा सञ्चारमाध्यमले विज्ञापनदातासँग सीधै कारोबार गर्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group