ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपाको चुनाव स्थगित, १९ पदाधिकारीसहित २०१ केन्द्रीय सदस्य सहमतीय प्रक्रियाबाट छान्ने


एबीसी न्यूज
३१ जेष्ठ २०८१, बिहिबार   २ : २५   बजे

काठमाडौं ३१ जेठ । जनता समाजवादी पार्टी नेपालको पदाधिकारी चयन प्रक्रिया चुनावबाट नगरी सहमतीय आधारमा गर्ने भएको छ। बिहीबार मध्यान्ह चुनाव गर्ने कार्यतालिका थियो।

सोही अनुसार बुधबार १९ पदाधिकारीका लागि ७५ जनाको उम्मेदवारी मनोनयन भएको थियो। जसपा नेपालको ११३५ प्रतिनिधि सहभागी छन्।
तर, केहीबेरअघि अध्यक्ष उपेन्द्र यादवले चुनावी प्रक्रिया स्थगित गरी सहमतीय आधारमा नेतृत्व चयन गर्ने प्रक्रिया स्थगित गराएका हुन्।

चुनाव गर्ने भनेपछि उम्मेदवारहरुले महाधिवेशनस्थल धनुषामा व्यापक प्रचार–प्रसार गरेका थिए। तर, चुनाव सुरु हुनु केहीबेरअघि मात्र सो प्रक्रियाबाट उपेन्द्र पछि हटेका हुन्।

 

अन्य कसैको उम्मेदवारी नपरेपछि उनी बुधबार नै जसपा नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। तर, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा तीव्र प्रतिस्पर्धा देखिएको थियो।

‘चुनावको कार्यतालिका सबै स्थगित भयो, भोटिङ गर्ने प्रक्रिया स्थगित भयो। किनभने, जतिपनि प्रतिनिधि छन्, उनीहरुबाट सहमति गरेर नेतृत्व चयन गर्ने समझदारी जुट्यो,’ अध्यक्ष यादवका स्वकीय सचिव महेश चौरसियाले  भने, ‘अध्यक्ष उपेन्द्र यादवज्यूलाई यसको जिम्मा दिइएको छ। उहाँले जो– जो शीर्ष नेताहरु छन्, उहाँहरु सम्मिलित ५र७ जनाको टीम बनाउनुहुनेछ। त्यसले पदाधिकारीदेखि केन्द्रीय सदस्यसहित जति जनाको उम्मेदवारी परेको छ, त्यो सबै पदमा सहमतिबाट चयन भएको निर्णय गर्नुहुनेछ।’

भोटिङ गर्ने प्रक्रियामा नगएर सहमतिबाट निर्णय गर्ने निर्णय भएपछि अहिले उपेन्द्रले आफूसहितको टीम बनाइरहेका छन्। त्यसले १९ पदाधिकारीसहित २०१ केन्द्रीय सदस्य चयन गर्न सहमती जुटाउनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu