ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट वितरणमा हामी पुरानो मानसिकताबाट माथि उठ्न सकेनौं-माओवादी सांसद सापकोटा


एबीसी न्यूज
३१ जेष्ठ २०८१, बिहिबार   २ : ४४   बजे

काठमाडौं ३१ जेठ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूरानो मानसिकताबाट माथि उठेर आगामी आर्थिक वर्षको बजेट आउन नसकेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बजेट वितरणमा हामी पुरानो मानसिकताबाट माथि उठ्न सकेका छैनौं’ सांसद सापकोटाले भने, ‘माथिबाट बजेट बाँड्न सक्दा मात्र निर्वाचन जित्न सकिन्छ भन्ने ह्याङओभरले काम गरिरहेको छ ।’

सांसदहरुले गर्ने टिप्पणी पनि वास्तविकता र गर्न सक्नेमा आधारित हुनुपर्ने उनको भनाइ छ । समग्रतामा सुधार गर्नका लागि विधि चाहिने र विधिका लागि सबै जिम्मेवार हुनुपर्ने बताए । सांसदहरुलाई विधायककै रुपमा अगाडि बढाउनुपर्नेमा पनि उनको जोड छ ।

भू(उपयोग नीतिको सम्बन्धमा तत्काल ठूलो सुधार गर्न नसकेतापनि सुधारको सुरुवात गर्न सकिने उनको राय छ ।

‘आजको अवस्थामा उचित भू उपयोग नीति छैन् । यो भन्न जति सजिलो छ, काम गर्न त्यति गाह्रो छ । तर, सुधारका लागि प्रयास गर्ने केही न केही नीति बनाएर सुरुवात गर्न सक्छौं’ उनले भने ।

खेतीयोग्य जमिनमा प्लटिङ भइरहेको उल्लेख गर्दै उनले यस्तो कार्यमा राज्यको ध्यान पुग्नुपर्ने बताए । गुठीको विषयका म्बन्धमा पनि राज्यले ठोस नीति लिनुपर्ने उनको राय छ ।

गरिबी निवारण मन्त्रालयको बजेटमा गरिबी निवारण गर्ने योजना चाहीँ के छ भनेर उनले प्रश्न गरे । ठोस नीति नबनाउने र केवल प्रतिवद्धता जनाउने प्रवृतिले परिवर्तन गर्न नसकिने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu