ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेडिकेटेड लाइनबारे लाल आयोगको प्रतिवेदन कार्यान्वयनमा तलमाथि हुँदैन-ओली


एबीसी न्यूज
३१ जेष्ठ २०८१, बिहिबार   ४ : ३०   बजे

काठमाडौं ३१ जेठ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बारे गिरिशचन्द्र लालको अध्यक्षतामा बनेको आयोग प्रतिवेदन कार्यान्वयनमा तलमाथि नहुने बताएका छन् ।

बिहीबार उद्योगीहरूसँगको छलफलमा ओलीले यस्तो बताएका हुन् । ‘डेडिकेटेड र ट्रंक लाइन महसुलबारे विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद भएका कारण सरकारले आयोग गठन गरेको हो, आयोगले जे सिफारिस गरेको छ, त्यो कार्यान्वयन हुनुपर्छ,’ ओलीले एमाले पार्टी कार्यालय च्यासलमा उद्योगीहरूसँग प्रतिबद्धता गरे, ‘त्यसमा तलमाथि गर्न मिल्दैन, यस विषयमा मैले प्रधानमन्त्रीसँग कुरा गर्छु ।’

ओलीले मन्त्रिपरिषद्को २७ वैशाखको बैठकले लाल आयोग प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर, त्यो निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्णय नै उल्ट्याउन दबाब दिएका थिए ।

त्यसपछि मुख्य सचिव बैकुण्ठ अर्यालले मन्त्रिपरिषद् निर्णय भन्दै फरक बेहोराको चिठी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पठाएका थिए । तर, ती दुवै चिठीमा चलानी नम्बर एउटै छ । र, तोक लगाएको मिति पनि एउटै उल्लेख छ ।

आयोग प्रतिवेदन कार्यान्वयनबारे मन्त्रिपरिषद् बैठकले गरेका दुई फरक बेहोराका पत्र सार्वजनिक भए पनि त्यसको कार्यान्वयनको विषयमा विवाद भइरहेको छ ।

‘एउटै मन्त्रिपरिषद्को निर्णय दुई फरक बेहोराको हुन सक्दैन, यसमा मुख्यसचिवले जानीबुझी वा अञ्जानमा गल्ती गर्नुभएको छ, त्यसो हुँदा लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने पहिलो चिठी नै आधिकारिक हो, त्यो कार्यान्वयन हुनुपर्छ,’ ओलीले उद्योगीहरूसँग भनेका थिए ।

२०७५ सालदेखि जारी डेडिकेटेड र ट्रंक लाइन विवाद गत पुसमा विद्युत् प्राधिकरणले उद्योगको लाइन काटिदिएपछि उत्कर्षमा पुगेको थियो । २०७२ सालदेखि उद्योगीले नियमित बिल तिरिरहेका उद्योगलाई प्राधिकरणले २०७५ मा आएर डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको भन्दै छुट बिल पठाएको थियो ।

आफूहरूले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् नै प्रयोग नगरेको तर प्राधिकरणले जबर्जस्ती उठाउन खोजेको भन्दै उद्योगी थप महसुल तिर्न मानिरहेका छैनन् । यस्तो अवस्थामा समस्या समाधान गर्न भनेर सरकारले २४ पुसमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा छानबिन आयोग गठन गरेको थियो ।

आयोगले २०७२ साउनदेखि सोही साल पुससम्ममा डेडिकेटेड लाइन महसुल निर्धारण नभएकाले थप महसुल लिन नमिल्ने सिफारिस गरेको छ ।

२०७२ माघदेखि २०७५ वैशाखसम्म लोडसेडिङ कायम रहेको र महसुल पनि निर्धारण भएकाले त्यस अवधिमा डेडिकेटेड र ट्रंक लाइन मापदण्ड पुगेको दिन र अवधिसमेत यकिन गरी पुनः गणना गरेर महसुल लिन पाउने सिफारिस आयोगले गरेको छ ।

२०७५ वैशाखपछि लोडसेडिङ नै अन्त्य भइसकेकाले थप महसुल लिन नमिल्ने सिफारिस पनि आयोगले गरेको छ ।

आयोगले सिफारिस गरेभन्दा फरक किसिमको निर्णय मन्त्रिपरिषद्ले गरेपछि यस विषयमा विवाद भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group