ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर


एबीसी न्यूज
३१ जेष्ठ २०८१, बिहिबार   ४ : ५१   बजे

काठमाडौं ३१ जेठ । इस्लामाबादको एक पुनरावेदन अदालतले पाकिस्तान तेहरिक–ए–इन्साफ ९पिटिआई०का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमुद कुरेसीलाई स्वतन्त्रताका लागि प्रदर्शन ९आजादी मार्च० मुद्दामा निर्दोष ठहर गरेको पाकिस्तानी एआरवाई न्युजले जनाएको छ।

न्यायाधिकारी मलिक मुहम्मद इमरानले पूर्वप्रधानमन्त्री खान, कुरेसी र अवामी मुस्लिम लिग एएमएल०का प्रमुख शेख रसिद निर्दोष ठहराएको जानकारी गराए।

अदालतले सदाकत अब्बासी र अली नवाज अवानलाई आजादी मार्चको मुद्दाबाट मुक्त गर्न पनि आदेश दिएको छ। पाकिस्तानका पूर्वप्रधानमन्त्री खान, शाह कुरेसी र अन्यसहित पिटिआईका धेरै नेतालाई प्रहरीले आजादी मार्चसँग सम्बन्धित विभिन्न प्रारम्भिक घटनामा मुद्दा दर्ता गरेको एआरवाई न्युजले जनाएको छ।

रिपोर्टअनुसार प्रहरी र पिटिआई नेताबीच झडप भएपछि हिंसा फैलाउन खोजेको आरोपमा प्रहरीले वरिष्ठ नेता र कार्यकर्ताविरुद्ध ४२ वटा मुद्दा दर्ता गरेको थियो।

सन् २०२२ मे २५ मा स्वतन्त्रता ९हकिकी आजादी०का लागि इमरान खानको पदयात्रा मार्चअघि अधिकारीले धारा–१४४ लागू गरी भेला रोक्ने उपाय गरेको पाकिस्तानी अंग्रेजी पत्रिका डनले जनाएको छ।

आन्दोलनकारीले पदयात्रा अवरुद्ध गर्न प्रमुख मार्गहरूमा ढुवानी कन्टेनरहरू राखेको अधिकारीले बताएका छन्। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गर्दा अश्रुग्यासको सामना गर्नुपरेको र उनीहरूमाथि लाठीचार्ज भएको डनले जनाएको थियो।

यस महिनाको सुरुमा इस्लामाबाद उच्च अदालतले इमरान खान र कुरेसीलाई गोप्य कागजात सार्वजनिक गरेको आरोप लगाइएको मुद्दामा निर्दोष ठहर गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu