ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमका लागि विदेश जाने महिलाको सङ्ख्या बढ्दो


एबीसी न्यूज
३२ जेष्ठ २०८१, शुक्रबार   १२ : ३४   बजे

काठमाडौं ३२ जेठ । पछिल्लो समयमा रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढेसँगै श्रम स्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या पनि बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०र८१ को पछिल्लो १० महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या १६ प्रतिशतले बढेको हो ।

सरकारले घरेलु श्रममा खाडी जाने महिलालाई रोक लगाए पनि पछिल्लो समय घरेलु श्रमबाहेकका कामका लागि संस्थागत श्रम स्वीकृति लिने जाने बढेको छ । विभागका अनुसार गत वर्षको १० महिनामा २७ हजार २१४ महिला वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएकोमा चालु आवमा ३१ हजार ५८५ पुगेका छन् । वैधानिकीकरण र पुनः विदेश जानेको सङ्ख्या त्योभन्दा बढी रहेको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत पाँच वर्षमा विदेश जाने महिलाको हिस्सा पाँच प्रतिशतबाट वृद्धि भएर १२ प्रतिशत पुगेको छ । विभागका निर्देशक गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीमा जाने समग्र सङ्ख्या वृद्धिसँगै महिलाको हिस्सा पनि क्रमशः बढेको बताउनुभयो ।

घरेलु श्रममा जान महिलालाई प्रतिबन्ध लगाए पनि अन्य काममा जान खुला रहेको बताउँदै उहाँले भन्नुभयो, “पछिल्लो समयमा महिला श्रम स्वीकृति लिएर होटेल, उत्पादन उद्योग, सुपरमार्केटलगायतका क्षेत्रमा जाने गरेका छन्, यो क्रमशः बढ्दो छ ।”

सरकारले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रूपमा जाने महिलाको श्रम स्वीकृति रोक्का गरे पनि आव २०७८र७९ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रम स्वीकृति लिएका थिए । २०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रूपमा जाने महिला असुरक्षित रहेको जनाउँदै त्यसलाई रोक्न सरकारलाई निर्देशन दिएपछि विदेश जाने महिलाको सङ्ख्या घट्दै गएको थियो ।

विभागका अनुसार संयुक्त अरब इमिरेट्स ९युएई०, कतार, दक्षिण कोरिया, इजरायल, कुवेत, साइप्रस र मलेसिया जस्ता श्रम गन्तव्यमा नेपाली महिला श्रमिक रोजगारीका लागि बढी जाने गरेका छन् । वैदेशिक रोजगारीका लागि ११० वटा देश खुला गरिएको भए पनि नेपाली महिलाका लागि मलेसिया, कतार, साउदी अरेबिया, युएई, दक्षिण कोरिया, कुवेत, जोर्डनलगायतका देश वैदेशिक रोजगारीका मुख्य गन्तव्य रहेका छन् । जसमा ५० प्रतिशत हिस्सा युएई र कतारले ओगटेका छन् । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सबैभन्दा बढी मधेश प्रदेशबाट छ तर महिलाको सङ्ख्या भने पहाडी जिल्लाबाट गएको देखिन्छ ।

वैदेशिक रोजगारीमा जाने महिलाको कुल सङ्ख्याको विश्लेषण गर्दा केही पहाडबाट बसाइँ सरेर मिश्रित समुदायको बसाइ भएका तराईका जिल्लाबाहेक बागमती प्रदेशका पहाडी जिल्लाहरूको बाहुल्य छ । जिल्लागत हिसाबले सबैभन्दा बढी वैदेशिक रोजगारीमा झापा, सिन्धुपाल्चोक, मोरङ र काठमाडौँका महिला गएका छन् । सिप र दक्षताको तुलना गर्दा वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा उच्च दक्ष र पेसाकर्मी महिलाको प्रतिशत राम्रो रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा उच्च दक्ष र पेसाकर्मी पुरुष क्रमशः ०।०५ र ०।११ प्रतिशत रहेकामा महिलाको हिस्सा भने उच्च दक्षमा ०।०६ र पेसाकर्मीका रूपमा ०।३० प्रतिशत रहेको छ । अर्धदक्ष, दक्ष र अदक्षमा भने पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी छ ।

नेपाल श्रम आप्रवासन प्रतिवेदन अनुसार महिला श्रमिक युएईमा सबैभन्दा बढी रहेका छन् । कुल महिला श्रमिकमध्ये ५० प्रतिशतभन्दा बढी पुनः श्रम स्वीकृति युएईका लागि गरिएको प्रतिवेदनमा उल्लेख छ ।

महिला श्रमिक विशेष गरी होटेल तथा सुपरमार्केटमा सरसफाइ, आतिथ्य, सामान प्याकिङ र अस्पतालमा सरसफाइ, हेरचाह तथा स्याहारसुसार जस्ता काममा गएको पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group