ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीका मुख्यमन्त्री र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता


एबीसी न्यूज
३२ जेष्ठ २०८१, शुक्रबार   २ : १६   बजे

काठमाडौं ३२ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री कार्यालय दाङ देउखुरीमा भएको भेटवार्तामा मुख्यमन्त्री महराले संयुक्त राष्ट्रसंघले नेपालमा गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको बताए ।

नेपालको शान्ति प्रकृयामा अनमिनले महत्वपूर्ण भूमिका खेलेको भन्दै महराले दिगो विकासमा संयुक्त राष्ट्रसंघले गरेका कार्यक्रमहरू सन्तोषजनक रहेको जानकारी बताएका थिए ।

लुम्बिनी प्रदेश सरकारले प्रविधिको माध्यमबाट कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पूर्वाधार र सांस्कृतिक क्षेत्रमा विकास गर्न खोजेको भन्दै मुख्यमन्त्री महराले सहयोगको अपेक्षा गरे ।

उनले नेपालका भूमिहीन, सुकुमबासी र असहायको पक्षमा प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने प्रयास गरेको भन्दै सहकार्यका लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरे ।

लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमा वातावरणमैत्री र हरियालीयुक्त आधुनिक सहरको योजना निर्माणमा प्रदेश सरकार संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न इच्छुक रहेको महराले बताए ।

आवासीय संयोजक हान्ना सिंगर हेम्डीले संयुक्त राष्ट्र संघको शान्ति मिसनमा नेपाली सैनिकको मूल्याङ्कन उच्च रहेको भन्दै नेपाली महिला सैनिकहरूको सहभागिताको पनि प्रशंसा गरिन् ।

उनले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्त कमैया र सुकुमबासीका विषयमा नेपालको संविधान विश्वमा उत्कृष्ट रहेको भन्दै उनीहरूको जीवनस्तर माथि उकास्नका लागि प्रदेश सरकारले प्रभावकारी काम गर्नुपर्ने सुझाव दिइन् ।

संविधानको मर्मअनुसार भूमि आयोगले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्त कमैया र सुकुम्बासीका पक्षमा काम गरोस् भन्ने पक्षमा संयुक्त राष्ट्रसंघ रहेको हेम्डीले बताइन् ।

अति कम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा नेपालले प्रशंसायोग्य प्रगति गरेको भन्दै संयोजक हेम्डीले विकासका लागि वित्त परिचालन, जलवायु, सुशासन र सामाजिक सेवामा क्षमता अभिवृद्धि गर्नमा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले नेपाललाई सहयोग गर्ने जानकारी दिइन् ।

लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरको रुपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनी संयुक्त राष्ट्रसंघको प्राथामिकतामा रहेको भन्दै हेम्डीले विश्व सम्पदा सूचीमा सूचिकृत लुम्बिनीको थप विकासमा सबैको सहकार्यको आवश्यकता रहेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

सम्बन्धित

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu