काठमाडौं, १ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको समयमा भन्दा अहिले गरिबी बढेको बताएका छन् । तीन वर्षअघिको सरकारले गरिबीको रेखामुनि रहेकाहरुको संख्या १७ प्रतिशतमा झारेकामा अहिले बढेर २०.२६ प्रतिशत पुगेको उनले बताए । शनिबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै उनले भने, ‘यो निरपेक्ष गरिबीको रेखामुनि भन्ने कुरा जुन छ, यसलाई ५र७ वर्षभित्र समाप्त गर्न सकिन्छ, धेरै समय लाग्ने विषय होइन, तर यो चालु छ, हामीले घटाएर ९/१० लाख जनतलाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाएर १७ प्रतिशतमा झोरेका थियौं, ३ वर्षमा बढेर २०।२६ प्रतिशत पुगेको छ ।’
यति धेरै विकासका पूर्वाधार निर्माणका बाबजुद गरिबी बढिरहेको भन्दै ओलीले उद्यमशीलता विकास गर्न नसके पूर्वाधारले खर्च मात्र बढाउने बताए । ‘पूर्वाधारको सही सदुपयोग गर्न सकिएन भने पूर्वाधार नै विकास होइन, त्यस पूर्वाधारलाई प्रयोग गरेर विकासका कामलाई अगाडि बढाइनुपर्छ । विकास अगाडि बढाइएन भने पूर्वाधारले खर्च बढाउँछ, उत्पादकत्व बढाइएन भने पूर्वाधारहरुले गरिबी बढाउन पनि सक्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस्