ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीको पानी काठमाडौँ पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन- मेयर तामाङ


एबीसी न्यूज
२ असार २०८१, आइतबार   ११ : ३०   बजे

काठमाडौं २ असार ।  मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण हुने कुरामा नगरपालिकाको तर्फबाट कुनै व्यवधान नहुने बताउनुभएको छ ।

मेलम्चीमा बाढी आएको तीन वर्ष पुगेको अवसरमा मेलम्चीमा आयोजित जलवायुजन्य हानि तथा नोक्सानी र मेलम्ची बाढी विषयक नीतिगत छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले सङ्घ सरकारले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची—हेलम्बु क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन नगरेकोप्रति भने आपत्ति जनाउनुभयो । मेलम्चीको दिगो व्यवस्थापन स्थानीय सरकार एक्लैले गर्न नसक्ने भन्दै उहाँले सङ्घ र प्रदेश सरकारले बजेटमा समेट्न आवश्यक रहेको बताउनुभयो । मेलम्ची नगरपालिकाको बाढी प्रभावित क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर सरकारले चासो नदेखाएको गुनासो उहाँले गर्नुभयो ।

उहाँले मेलम्ची खानेपानी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै आयोजनाले स्थानीयहरूले राहत पाउनुका साथै विकास निर्माणमा ठुलो टेवा पुगेको बताउनु भयो । उहाँले स्थानीयवासीको माग, समस्या, विकास निर्माणमा सम्बन्धित मन्त्रालयमार्फत सङ्घीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेलम्ची र हेलम्बुमा २०७८ साल असार १ गते बाढी पहिरो गयो, जसबाट ठुलो जनधनको क्षति हुन पुग्यो । त्यसको तथ्याङ्क हामीले अघि नै मेलम्ची नगरपालिकाको तर्फबाट जानकारी गराइसकेका छौँ । अब मेलम्ची नगरपालिकाको बाढी प्रभावित क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर हामी जानुपर्छ । मेलम्ची र हेलम्बुबारे सरकारको नीति के हो रु नीति तथा कार्यक्रममा आउन सकेन । सङ्घीय सरकारको नीति तथा कार्यक्रममा हामीले हेर्यौँ मेलम्चीको बारेमा खासै चासो देखाएको जस्तो लागेन । प्रदेश सरकारबाट पनि मेलम्चीको बारेमा नीति तथा कार्यक्रममा केही आएन भने हामी त्यत्तिकै बसेर उपयुक्त हुँदैन । स्थानीय सरकारले पनि केही गर्नुपर्छ ।

मेलम्ची सबै व्यवस्थापन गर्न स्थानीय सरकारले सम्भव हुँदैन तर पनि अब केही दिगोपनको रूपमा नसके पनि अस्थायी रूपमा हामीले गरिरहेको अवस्था छ । जलवायु परिवर्तनको कारण बाढी पहिरो गएको हो भन्ने धेरै विज्ञहरूबाट कुरा आइसकेको छ । त्यस कारण खाने पानीलाई दोष दिन उचित हुँदैन । मेलम्ची खानेपानी अत्यन्त राष्ट्रिय गौरवको आयोजना हो ।

जसले गर्दा यहाँको नागरिकहरूले ठुलो सेवा पाएका छन् । विकास निर्माणमा ठुलो टेवा पुगेको छ । किनकि सुपको कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष बजेट आउने गर्दथ्यो, गत वर्ष र यस वर्ष आएको छैन । गठन आदेशको विभिन्न कारणले योभन्दा अघिको सरकारले विभागतिर लगेर गाभेको कारणले आउन सकेको छैन । भोलिको दिनमा मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण हुने कुरामा मेलम्ची नगरपालिकाको ठुलो सहयोग पुग्नेछ ।

हाम्रो तर्फबाट कहीँ कतै बाधा, व्यवधान खडा हुँदैन । प्रोजेक्ट जानुपर्छ र यहाँका स्थानीयवासीको माग, समस्या, विकास निर्माणमा सम्बन्धित मन्त्रालयमार्फत सङ्घीय सरकारले यो सम्बोधन हुनुपर्छ । मेलम्चीमा आउने बाढी,पहिरो नियन्त्रणका लागि यहाँहरूको ठुलो सहयोग पुग्नेछ ।’

कार्यक्रममा बोल्दै विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्तले मेलम्ची परियोजनाका माध्यमबाट लाभ लिनेकुरामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले मेलम्ची खानेपानी परियोजनाले कुनै पनि हानी नगरेको भए परियोजनालाई थप व्यवस्थित बनाएर लैजानुपर्ने बताउनु भयो । उहाँले बाह्रै महिना काठमाडौँको नागरिकलाई पानीको व्यवस्था भएको खण्डमा त्यसबापतको रोयल्टी मेलम्चीका नागरिकहरूले पाउने कुरामा ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेलम्ची परियोजना नभएको भए बाढी आउँथ्यो कि आउँदैनथ्यो होला । यो के होला रु बाढी आउँथ्यो भने मेलम्ची परियोजनाका माध्यमबाट लाभ लिने कुरा हामी गरौँ । तर परियोजनाले केही क्षति गरेन भने हामी यो परियोजनालाई अझ सपोर्ट गर्नेतिर गयौँ भने बाह्रै महिना काठमाडौँको नागरिकलाई पानीको व्यवस्था भयो, पानी पिउने परिस्थिति भयो भने त त्यसबाट प्राप्त गरेको रोयल्टी यहाँका जनताले पाउने भए नि ।

त्यतातिर पनि हामीले सहयोग गर्नेतिर लाग्यौँ भने राम्रो हुन्छ । ग्रिन क्लाइमेट फण्डको जुन कुरा छ, यो फण्डलाई सरकारी तहबाट गर्ने कि मलाई पनि के लागेको छ भने समितिमा एक पटक छलफल गरौँ ।’

कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाकी पूर्व मेयर भगवती नेपालले राष्ट्रिय विपद् व्यवस्थापन राष्ट्रिय समितिले प्राविधिक पठाएर पहिचान गरेको २४४ घरधुरी लाभग्राहीलाई घर बनाउन कार्यविधि परिवर्तन गरेर अप्ठ्यारो बनाइएको बताउनुभयो । उहाँले घर बनाउन अनुमति दिइसकेपछि अहिले कार्यविधि परिवर्तन गर्नु दृष्टिको दोष र सोचमा खोट भएको बताउनुभयो । जग्गा जमिनको क्षतिपूर्ति दिने कुरा कानुनमा नै नरहेको भन्दै सरकारले बनाएको सुकुम्वासी र प्रकृति, प्रकोपले बनाएका सुकुम्वासीलाई अरू सरहको घर बनाउने जग्गा किन्न दिने नीति नरहेकोप्रति दुःख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यति बेला यो २४४ घरधुरी मेलम्ची नगरपालिकाले पहिचान गरेको होइन, राष्ट्रिय विपद् व्यवस्थापन राष्ट्रिय समितिले प्राविधिक पठाएर पहिचान गरेको हो । तिनैलाई लाभग्राही कायम गरेको हो । तर लाभग्राही कायम गरेर उहाँहरूलाई घर बनाउन अनुमति दिइसकेपछि अहिले कार्यविधि परिवर्तन गरेर अप्ठ्यारो पारेको छ । यसलाई के भन्ने हामीले रु दृष्टिको दोष हो कि होइन, सोचमा खोट हो कि होइन, नभई कसरी गरिन्थ्यो । त्यो कुरा हामीले बुझ्न जरुरी छ ।

जग्गा जमिनको क्षतिपूर्ति दिने कुरा त कानुनमा छैन नै । त्यो आफ्नो ठाउँमा छ । तर सरकारले बनाएको सुकुम्वासी र प्रकृति, प्रकोपले बनाएका सुकुम्वासीलाई अरूसरहको घर बनाउने जग्गा किन्न दिने नीति पनि छैन । जुन अरू खालको प्रभावितहरूलाई जग्गा दिइन्छ, सरकारले बनाएको सुकुम्वासी र प्राकृतिक प्रकोपले बनाएको सुकुम्वासी । सरकारले बनाएको सुकुम्वासी भनेको बाटो खनिदिन्छु, अब दायाँ, बायाँ जग्गा हुन्छ, त्यसपछि सुकुम्वासी हुन्छ, तर उसको लालपुर्जा रहिरहेको छ । बाढीले सबै नोक्सानी गरेको छ, उ सँग लालपुर्जा छ, जग्गा खोलामा छ, उ सुकुम्वासी हुँदैन, अनि सरकारको सेवा सुविधाबाट वञ्चित हुन्छ । यो नीतिगत जटिलता छ ।

यसको कसरी समाधान गर्ने भन्ने कुरा आउनुपर्छ । सरकारले बनाएका सुकुम्वासी र प्रकृतिले बनाएका सुकुम्वासीलाई जबसम्म हामी सुकुम्वासी बनाउन सक्दैनौँ, तबसम्म यो बाढीले बनाएका सुकुम्वासीलाई जायज न्याय गर्न सक्दैनौँ ।’

उहाँले सरकारले बनाएका सुकुम्वासी र प्रकृतिले बनाएका सुकुम्वासीलाई सुकुम्वासी बनाउन नसकेसम्म बाढीले बनाएका सुकुम्वासीलाई जायज न्याय दिन नसकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group