ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ह्वात्तै घट्यो नेपाल एयरलाइन्सको हङकङ-काठमाडौँ उडान,


एबीसी न्यूज
२ असार २०८१, आइतबार   १२ : ०५   बजे

काठमाडौं २ असार । नेपाल एयरलाइन्सको हङकङ(काठमाडौँ उडानमा भारी कटौती भएको छ।  हप्तामा तीन दिन उडान गर्दै आएको एयरलाइन्सको यो हप्ता भने हङकङ(काठमाडौँका कुनै पनि उडान हुने छैनन्।

नेपाल एयरलाइन्स हङकङ कार्यालयका कन्ट्री म्यानेजर अरविन्द्र प्रजापतिले यो हप्ता हङकङ(काठमाडौँको कुनै पनि उडान तालिका नरहेको नेपालखबरलाई बताए।

प्रजापतिका अनुसार अबका उडान २५ जुन ९मंगलबार० र २९ जुन ९शनिबार० हुनेछन्।  यसअघि एयरलाइन्सको नेपाल(हङकङ उडान प्रत्येक हप्ता मंगलबार, बिहीबार र शनिबार हुँदै आएको थियो।

नेपाल(हङकङ नियमित उडान गर्ने यात्रुमाझ उडान अनिश्चितकालीन बन्द भएको भन्ने हल्ला चलेपछि नेपालखबरले गतहप्ता नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलसँग जिज्ञासा राखेको थियो।

प्रवक्ता पौडेलले काठमाडौँ(हङकङको सबै उडान बन्द नभएको र कटौती मात्र भएको जानकारी गराएका थिए।

नेपाल एयरलाइन्सले गर्‍यो हङकङ उडानमा कटौती
गतहप्तै नेपालखबरको जिज्ञासामा वायुसेवा निगमका एक पाइलटले हङकङको तुलनामा अन्य गन्तव्यमा यात्रुको चाप बढी भएकाले हङकङमा जुन महिना उडान कम हुने बताएका थिए।
‘जुन महिनाभरिमा सात वटा उडान हुने तालिका छ,’ ती पाइलटको भनाइ छ, ‘यात्रुसँगै जहाज र पाइलटको अभावले उडानमा कमी भएको हो।’

उडानमा कटौती भए पनि एयरलाइन्सले हङकङ(काठमाडौँ उडानमा भने अफर ल्याएको छ।

अगस्टको अन्त्यसम्म लागू हुने यो अफरमा हङकङ(काठमाडौँको टिकट दर ४ हजार हङकङ डलर रहेको छ भने ब्यागेज सुविधा ४० किलो रहेको छ। यो सुविधा हङकङबाट काठमाडौँ जाने यात्रुले मात्र पाउनेछन्। सामान्य अवस्थामा ब्यागेजको सुविधा २५ किलो हो।

साथै, यात्रुले प्रिपेड सुविधा पनि पाउनेछन्। जसअन्तर्गत यात्रुले २५ केजी तौल थप्न सक्नेछन् भने यसलाई प्रतिकेजी ४५ का दरले १,१२५ हङकङ डलर पर्नेछ।

‘यात्रुले पिप्रेड अफर अन्तर्गत १,१२५ हङकङ डलरमा २५ किलो तौल थप्न सक्नेछन्,’ कन्ट्री म्यानेजर प्रजापतिले नेपालखबरसँग भने, ‘लो सिजन प्रोमोसनल फेयर अन्तर्गत यो अफर आएको हो।’

प्रजापतिको यो भनाइअनुसार पनि यात्रुको चाप कम भएकोले उडानमा कटौती भएको बुझ्न सकिन्छ। प्रिपेड अफरअन्तर्गत तौल थप गर्दा २५ किलोभन्दा तल भने थप्न नपाइने प्रजापतिले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group