ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशको बजेटबारे मुख्यमन्त्री जमरकट्टेल नै असन्तुष्ट


एबीसी न्यूज
२ असार २०८१, आइतबार   १ : ३२   बजे

काठमाडौं २ असार । शनिबार सार्वजनिक बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले नै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रदेश मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेश गरेको बजेटमा मुख्यमन्त्री जम्मरकट्टेलले असन्तुष्टि जनाएका हुन् । बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रका जम्मरकट्टेल छन् भने अर्थमन्त्री एमालेका जगन्नाथ थपलिया छन् ।

 

अर्थमन्त्री जगन्नाथ थपलियाले पारित बजेट सिलिङभन्दा १ अर्ब ६४ करोड रुपैयाँ थपेको तथा कार्यक्रम नै फेरबदल गरेको मुख्यमन्त्री जमरकट्टेलको आरोप छ । ‘उहाँले पारित बजेटको सिलिङभन्दा माथि बजेट ल्याउनुभएको छ, पारित बजेटका कार्यक्रम नै फेरबदल गर्नुभयो, एमालेका कार्यक्रम थप गर्नुभएको छ,’

तर बागमती प्रदेशमा प्रदेश नीति तथा योजना आयोगले सिलिङ तोक्ने र त्यसअनुसार बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था नरहेको आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापाले बताए । ‘यहाँ मुख्यमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष लगायत बसेर स्रोत अनुमानका आधारमा बजेटको आकार निर्धारण गर्ने चलन छ’, थापाले भने ‘यसपटक अर्थतन्त्रमा समस्या रहेका कारण चालु आवकै हाराहारी बजेट ल्याउने निर्णय भएको थियो । तर अर्थमन्त्रीले बढाएर ल्याउनुभएछ ।’

बजेट यथार्थपरक भएन भन्ने आफ्नो पनि बुझाइ रहेको थापाले बताए ।

प्रत्यक्ष निर्वाचित प्रदेश सांसद्को सिफारिसमा कार्यान्वयन हुने परियोजनामा प्रतिनिर्वाचन क्षेत्र ३ करोड र समानुपातिकका लागि १ करोड दिने सहमति भएकोमा अर्थमन्त्रीले त्यो पनि हटाइदिइएको उनको आरोप छ । ‘बजेट प्रस्तुत गर्नुअघि प्रणाली खोलेर खासगरी नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लाको योजना व्यापक रुपमा काटिएको छ,’ मुख्यमन्त्री जमरकट्टेललाई उदृत गर्दै स्रोतले भन्यो ।

यस विषयमा मुख्यमन्त्री र अर्थमन्त्रीबीच विवाद भएको स्रोतले बतायो । तर, अर्थमन्त्री जगन्नाथ थपलियाले भने मन्त्रिपरिषद्ले पारित गरेको बजेट नै संसद्मा पेश गरेको र यसबारे मुख्यमन्त्रीलाई जानकारी रहेको दाबी गरे । ‘मन्त्रिपरिषद्ले सबै दफादफामा गएर बजेट पारित गर्ने होइन, अर्थ मन्त्रालयले गरेको प्रस्तावअनुसार बजेट पारित भएको हो, त्यही बजेट मैले संसदमा पेश गरेको हो,’ उनले भने ।

‘मन्त्रिपरिषद्ले पारित नगरिकन बजेट संसदमा नै जाँदैन, त्यसैले मुख्यमन्त्रीलाई यसबारे पर्याप्त जानकारी छ,’ उनले भने, ‘मैले उहाँसँग सल्लाह नै गरेर बजेट बनाएको हो, कुनै कार्यक्रम नपरेको वा बजेट कम परेको भनेर कसैको असन्तुष्टि होला । तर, समग्र बजेटका बारेमा त्यस्तो कुनै समस्या छैन ।’

अर्थमन्त्री थपलियाले ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट शनिबार बागमतीको प्रदेश सभामा पेश गरेका थिए । यो चालु आवको बजेटको तुलनामा १ अर्ब ६३ अर्बले बढी हो । ‘गत वर्षको बजेटमा केही थपेर बजेट बढाएको हो, सिलिङअनुसार नै त्यो गरेको हो,’ उनले दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group