ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढीगण्डकी बनाउन विश्वप्रकाशले संसदमा सुनाए जीडीपी अवधारणा


एबीसी न्यूज
२ असार २०८१, आइतबार   १ : ४०   बजे

काठमाडौं २ असार । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि संसदमा नयाँ प्रस्ताव अघि सारेका छन् ।

मन्त्रालयगत छलफलका क्रममा उर्जा मन्त्रालयका छलफलमा सहभागी हुँदै महामन्त्री शर्माले सरकार ९जी०, डायस्पोरा ९डी० र निजी क्षेत्र ९पी० को सरकार्यको अवधारणा अघि सारेका हुन् । सरकारले आफैं बनाउने घोषणा गरे अनुसार कम्तिमा आठ वर्ष आयोजना बन्न लाग्ने र त्यसका लागि हरेक वर्ष अर्बौं रकम लगानी गर्नुपर्ने अवस्था रहेको उनले सुनाए ।

‘सरकार, डायस्पोरा र निजी क्षेत्र । बुढीगण्डकी आयोजना बनाउन विभिन्न विकल्पहरु आएका छन् । मलाई यो उपयुक्त लाग्यो,’ महामन्त्री शर्माले भने,‘नेपालको समुन्नतिका लागि संसार भरका नेपालीहरु एक हौं भन्ने भावना जरुरी छ ।’ न्यूनतम हजार डलर देखि अधिकतम् २५ हजार डलरसम्म लगानी गर्ने गरी विदेशमा रहेका नेपालीलाई आयोजनामा सहभागी गराउन सकिने उनले सुनाए ।

१२ सय मेघावाटको आयोजना बुढीगण्डकी आयोजना बनाउने लागत तिन खर्ब ९८ अर्ब लाग्ने आकलन गरिएको छ । सरकारले उक्त आयोजनालाई विदेशी कम्पनीलाई दिने निर्णय रद्द गरेर आफैं बनाउने निर्णय गरेको थियो ।

वर्तमान अर्थतन्त्रको क्षमता अनुसार ४ खर्ब एउटा आयोजनामा कसरी खन्याउन सकिन्छ भन्ने प्रश्न रहेको उनले सुनाए । ‘ऋणमा बनाएका पोखरा र भैरहवाको एयरपोर्टले हामीलाई झस्काएको छ । त्यसलाई तिर्नका लागि हामीसँग पैसा छैन,’ शर्माले भने ।

संकटको बेला सरकारले आयोजना निर्माण गर्न सके नागरिकमा मनोबल भने बढ्ने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu