ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरमा गाँजा खेतीको वैधानिकताबारे बहस


एबीसी न्यूज
२ असार २०८१, आइतबार   १ : ५५   बजे

काठमाडौं २ असार । मकवानपुरको ग्रामीण क्षेत्रमा गाँजा खेतीको वैधानिकताबारे बहस सुरु भएको छ ।  चालु र आगामी आर्थिक वर्षको बजेटमा गाँजा खेतीको व्यावसायिक खेतीबारे उल्लेख भएको र २५ जेठमा समेत प्रतिनिधि सभाको कृषि समितिमा गाँजा खेतीबारे छलफल भएको थियो ।

गाँजा खेतीबारेको छलफलमा सरकार र सदन दुवै सकारात्मक देखिएपछि मकवानपुरका ग्रामीण क्षेत्रका जनप्रतिनिधि, विज्ञ र अभियान्ताहरूले पनि यसबारेमा बहस नै थालेका हुन् ।

मकवानपुरका राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकाका अध्यक्षसहित प्रतिनिधि र अभियन्ताहरूले गाँजा खेतीको वैधानिकताका लागि माग गर्दै मनहरी पिस पार्कमा बहस सञ्चालन गरेका हुन् ।

गाँजाको वैधानिक खेतीका लागि अभियान सञ्चालन गरिरहेका युवा अभियन्ता राजेश भेटवालको संयोजकत्वमा भएको छलफलमा गाँजा बोक्दा जेल जीवन बिताइरहेका भरियाका परिवारहरूले दुखेसो व्यक्त गरेका थिए ।

उनीहरुले भूगोल अनुसार अन्य बाली लगाउँदा बाँदर, बँदेल लगायत वन्यजन्तुले नष्ट गरिदिने भन्दै गाँजा खेती उपयुक्त हुने भएपनि राज्यको कारण गाउँका अधिकांश युवा जेल जानु परेको बताएका थिए ।

‘पशुपन्छी र गाइवस्तुले गाँजा खेतीमा क्षति पनि गर्दैन । यसको अहिले भाउ पनि छ तर प्रहरी प्रशासनले गर्दा गाउँमा कोही छैनन्, सबै जेल गइसके । कि अरू राम्रो काम दिनुपर्‍यो नत्र यसलाई खुलाउनु पर्‍यो,’ कार्यक्रममा सहभागी एक पीडित महिलाले भनिन् ।

मनहरी गाउँपालिकाका प्रमुख रञ्जन कालाखेती गाँजा खेतीको वैधानिकताका लागि स्थानीय तहबाट हुनसक्ने सबै प्रयास गरिए पनि संसद र सरकारको हातमा रहेको बताएका थिए ।

उनले गाँजाकै कारण जेलमा परेका किसान र भरियाको सन्दर्भमा गाउँपालिकाले बजेटमा समेट्ने प्रयास गर्ने आश्वासन दिए ।

यस्तै राक्सिराङ गाउँपालिका प्रमुख राजकुमार मल्लले गाउँको अधिकांश युवाले गाँजा बोक्दा जेल पर्नुपरेको भन्दै पालिकाले चाडपर्वमा जेलमै गएर सहयोग गरेको भन्दै अब आउने बजेटमा गाँजाको कारण जेल पर्नेहरूको तथ्यांक राख्ने समेत बताएका थिए ।

कैलाश गाउँपालिका प्रमुख लोक मोक्तानले रहर नभएर बाध्यता र आर्थिक अवस्थाले गाँजा खेती गर्न परे पनि यसको वैधानिकता भएपमा मकवानपुरका किसानहरूलाई फाइदा हुने बताएका थिए । उनले पालिकाहरूले पनि यसबारे सोच्नुपर्ने भन्दै नीति तथा कार्यक्रममा पनि सम्बोधन गर्न प्रयास गर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरूले रोजगारीको अन्य अवसर नभएको र कृषिको बजार र उत्पादनमा समस्या भएकाले युवाहरू गाँजा खेतीमा जान बाध्य भएको बताएका थिए ।

‘किसान, भरिया र रोजीरोटी गर्नकै लागि गाँजाको काम गर्नेहरुलाई राज्यबाट पक्राउ गरी जेलजीवन बिताइरहेकाहरुको रिहाइको माग गर्दै हामीले भेला आयोजना गरेका हौं,’, अभियन्ता भेटवालले भने ।

स्थानीय तह, प्रदेश र संघीय सरकारले हजार रुपैयाँका लागि भारी बोक्दा जेल पर्नेहरूको विषयमा अब निणर्य गर्न ढिलाइ गर्न नहुने बताए ।

‘गाँजा बोक्ने भरियारूरु अनाहकमा जेल जीवन बिताइरहेका छन् । राज्यले वैधानिकताको सवाल उठाउने अनि मौन बस्ने गर्दा सोझा जनताहरू समस्यामा परिरहेका छन्,’ उनले भने ।

मकवानपुरमा सबैभन्दा धेरै गाँजा खेती हुने र ओसारपसार हुने क्षेत्रमा कार्यक्रम राखेर राज्यलाई वैधानिकताका लागि दबाब दिएको उनले बताए ।

भेलामा वनविज्ञान विद्यार्थी साधना पौडेल र डा। भोला भट्टराईले गाँजा खेती र वैज्ञानिक पक्षको विषयमा जानकारी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group