ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च, मनसुन बल्ल मधेशमा


एबीसी न्यूज
२ असार २०८१, आइतबार   २ : ५५   बजे

काठमाडौं २ असार । काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५।३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो ।

काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६।६ डिग्री सेल्सियस मापन भएको थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘१९८९ मे ७ पछि हिजो ९असार १ गते० उच्च गर्मीको रेकर्ड रह्यो ।’

जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार विगत विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९।४ डिग्री सेल्सियस हो । तर त्यो सरदर अधिकतम तापक्रमको रेकर्ड गत वर्षदेखि नै तोडिँदै गएको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको रेकर्ड राख्न थालिएको वर्ष सन् १९६८ देखि सन् २०२० सम्मको अवधिको अधिकतम तापक्रम ०।०५ डिग्री सेल्सियसले बढेको छ । जुन महिनाको मात्रै सबैभन्दा ताता दिनहरुको ट्रेण्ड ०।०५ डिग्री सेल्सियसले बढेको छ ।

मे र जुन महिना सबैभन्दा गर्मी महिनाका रूपमा चिनिन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा यस वर्षको जुन ८, ९ र १० तारिख अर्थात् जेठ २६, २७ र २८ गते अधिकतम तापक्रम क्रमशः ३१।९, ३३।८ र ३४।४ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

मनसुन बल्ल मधेशमा

मे र जुन महिना बढी गर्मी हुने महिनाका रूपमा चिनिन्छन् । यस वर्ष हिउँद याम र प्रि(मनसुन अवधिमा कम वर्षा भएकाले पनि गर्मी झन् बढेको अनुमान छ ।

मौसमविद प्रतिभा मानन्धर मनसुन फैलिन ढिलाइ भएकाले काठमाडौंसहित पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेको बताउँछिन् ।

यस वर्षको मनसुन जेठ २८ गते नै कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमतिर सर्न ढिलाइ भइरहेको छ । मनसुन आज बल्ल मधेशको पूर्वी भागमा आइपुगेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौंमा मनसुन आउन अझै केही दिन लाग्ने अनुमान छ ।

महाशाखाले मनसुन सम्बन्धी अपडेट आज जारी गर्ने तयारी गरेको छ ।

पश्चिम तराईमा गर्मी कायमै

स्थानीय वायु, पश्चिमी वायु र भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण मनसुन फैलिन ढिलाइ भइरहेको मौसमविद् बताउँछन् ।

त्यसैले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा उच्च गर्मी र तातो लहर कायम छ । मौसम पूर्वानुमान महाशाखाले आजै तातो लहर सम्बन्धी विशेष बुलेटिन पनि जारी गर्ने तयारी गरेको छ ।

यसअघि महाशाखाले जेठ ३२ गतेदेखि असार २ गतेसम्म तातो हावाको लहर चल्ने भन्दै सतर्कताको सूचना जारी गरेको थियो ।

पश्चिम तराईमा गर्मी कायमै रहेकाले आज पनि विशेष बुलेटिन जारी गर्न लागिएको हो ।

आज दिउँसो १२ः४५ बजेको रेकर्डमा रुपन्देहीका भैरहवा, लुम्बिनी, कपिलवस्तुको तौलिहवा, बाँकेका नेपालगञ्ज विमानस्थल, खजुरा, भगवानपुर, बैजापुर, सिक्टा, कैलालीको धनगढी एयरपोर्ट, बलिया, साँढेपानी, कञ्चनपुरको दोधारासम्म उच्च गर्मी छ । ती क्षेत्रको अधिकतम तापक्रम ३५ देखि ३९।८ डिग्री सेल्सियससम्म पुगेको छ । दिउँसो अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।

लामो समयदेखि पानी नपर्दा पश्चिम तराईका जिल्लाहरूमा खडेरी परेको छ । खेतबारीमा लगाइएका तरकारी र अन्नबाली सुक्न थालेपछि आकाशे पानीको भर पर्नुपर्ने किसानहरु मर्कामा परेका छन् ।

गत वर्ष पूर्वी नेपालमा भित्रिएको मनसुन तीन हप्तापछि मात्रै सुदूरपश्चिमसम्म फैलिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group