ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्योलमा धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति, अन्तर्वार्तामा बोलाइएकामध्ये ३ जना आएनन्


एबीसी न्यूज
२ असार २०८१, आइतबार   ४ : १९   बजे

काठमाडौं २ असार । आइतबार नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छनौटमा परेका उम्मेदवार नै अन्तर्वार्तामा आएनन्।  छनौटमा परेका पाँच जनामध्ये २ जना मात्रै अन्तर्वार्तामा सहभागी भएपछि सिफारिस समितिलाई मन्त्रिपरिषदमा नाम पठाउने वा नपठाउने भन्ने अन्यौल भएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिन बहादुर श्रेष्ठको संयोजकत्वको सिफारिस समितिले आज पाँच जनाबाट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने कार्यक्रम थियो।

 

तर अन्तर्वार्तामा ५ मध्ये मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै उपस्थित भए भने तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्स्चेन्जका कार्यकारी प्रमुख कृष्ण गिरी र बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारी अनुपस्थित भए।

३ जना अनुपस्थित भएपछि सिफारिस समितिले नाम पठाएको छैन।

स्रोतका अनुसार अन्तर्वार्ताको सूचना आउनुपूर्व नै अध्यक्ष चयन भइसकेको भन्दै विरोधस्वरुप ३ उम्मेदवार अन्तर्वार्ता दिन नगएका हुन्।

धितोपत्रसम्बन्धी ऐनमा अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित सिफारिस समितिले तीन जनाको नाम छनौट गरेर अन्तिम निर्णयका लागि मन्त्रिपरिषदमा पठाउनुपर्ने व्यवस्था छ।

 

अन्तर्वार्तामा २ जना मात्रै सहभागी भएपछि नियुक्ति प्रक्रिया अन्यौलमा परेको हो।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत अध्यक्ष नियुक्ति प्रक्रियामा ५ अर्बको चलखेल भएको भन्दै उजुरी समेत परेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group