ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरिडोर सडक धमाधम कालोपत्रे हुँदै


एबीसी न्यूज
२ असार २०८१, आइतबार   ४ : २२   बजे

काठमाडौं २ असार । देश सङ्घीयतामा गएसँगै सरकारले पछिल्लो समय ठुला तथा साना आयोजनाहरू निमार्णलाई तीव्रता दिएको छ । यहाँको कालीगण्डकी गाउँपालिका–७ आधिमुहानदेखि गल्याङ नगरपालिका–५ सेतीबेनीसम्मको १० किलोमिटर कालीगण्डकी कोरिडोर सडक कालोपत्रे निर्माण कार्यलाई तीव्रता दिएको हो ।

धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यो सडक तीव्र रूपमा निर्माण अगाडि बढाइएको छ । २०६८ सालमा ट्रयाक खोलिएको सडक उत्तर–दक्षिण लोकमार्गको रूपमा नामकरण गरिएको थियो । पछिल्लो समय कालीगण्डकी कोरिडोरमा नामकरण भएसँगै कामले गति लिएको हो ।

आधिमुहानदेखि मोहनडाँडा खोलासम्मको सात किलोमिटर पहिलो खण्ड सडक महादेव खिम्ती–अन्जना पराजुली जेभी लमजुङले ठेक्का सम्झौता गरेर काम तीव्रता पारेको छ । सडक चौडा, नाली निर्माण, तेवा पर्खाल र कालोपत्रे गर्नेगरी २०७७ भदौ १२ गते निर्माण कम्पनीले २१ करोड ९८ लाख ६ हजार १९० रुपियाँ १९ पैसामा सम्झौता गरेको थियो ।

पहिलो खण्डको ७ किलोमिटरमध्ये तीन किलोमिटर कालोपत्रे भएको बताउँदै इन्जिनियर सुरेन्द्र गौतमले र बिचमा ब्लाष्टिङ गर्नुपर्ने भएकाले ढिलाइ भएको बताउनुभयो । पहिलो खण्डको २०८२ असार मसान्तसम्म सक्नेगरी म्याद थप भएको र अहिलेसम्म ६० प्रतिशत भौतिक प्रगति भएको गौतमले बताउनुभयो ।

यस्तै, मोहनडाँडा खोलादेखि सेतीबेनीसम्मको दोस्रोखण्ड तीन किमी काष्ठमण्डप–कली– मनकामना जेभीले ८ करोड ८६ लाख ८७ हजार ७७१ रुपियाँ ६० पैसामा सम्झौता गरेको थियो ।

२०७७ माघ ७ गते सडक चौडा, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गर्नेगरी साढे दुई वर्षमा काम सक्ने गरेर सम्झौता भएको थियो । दुवै सडक डीबीएसडी कालोपत्र भएको बताउँदै गौतमले दोस्रो खण्ड सब बेस हालिएको र आगामी मङ्सिर मसान्तसम्म सक्नेगरी काम भइरहेको गौतमले बताउनुभयो ।

दोस्रो खण्डको ५५ प्रतिशत भौतिक प्रगति भएको र करीडोर सम्पन्न भएपछि लामो तथा छोटो दूरी एवं धार्मिक पर्यटकीय क्षेत्र मुक्तिनाथसम्म जान निकै सहज हुनेछ । यस्तै कोरिडोर स्याङ्जा खण्डको १० किलोमिटरमा कालिगडण्डी गाउँपालिका –७ र गल्याङ नगरपालिका –५ जोड्ने आँधिखोला तथा गल्याङ नगरपालिका–५ र पर्वतको बिहादी जोडने सेतीखोला पुल निर्माण भएको हो ।

गाउँपालिका–७ र गल्याङ नगरपालिका–५ जोड्ने आँधिखोला जोड्ने ५० मिटर लम्बाइ भएको पुल नौ करोड ६२ लाख ७९ हजार ९३ रुपियाँ २९ पैसामा निर्माण भएको छ । यस्तै, सेतीबेनी खोला ट्रष्ट ब्रिज मुक्तिनाथ–सुयान जेभीले निर्माण थालेको पाँच वर्षमा निर्माण भएको हो ।

गल्याङ नगपालिका–५ र पर्वतको बिहादी जोडने सेतीखोला ट्रष्ट ब्रिज पाँच करोड ८६ लाख ८२ हजार ९८ रुपियाँ १६ पैसामा पुल निर्माण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group