ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका १४ स्थानमा भारी, ६ ठाउँमा धेरै भारी वर्षा


एबीसी न्यूज
३ असार २०८१, सोमबार   ११ : ५७   बजे

काठमाडौं ३ असार । हाल सोमबार बिहान कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली ९आकाशमा बादल० तथा बाँकी स्थानमा आंशिक बदली ९पातलो बादल० देखि मुख्यतया सफा ९लगभग आकाश सफा० छ। गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस क्रममा विगत २४ घण्टा ९आइतबार बिहान ७स्४९ बजेदेखि सोमबार बिहान ७स्४९ बजेसम्म० देशका १४ स्थानमा भारी वर्षा भएको छ भने ६ ठाउँमा धेरै भारी वर्षा भएको छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि, सय मिलिमिभन्दा मुनिको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ भने सय मिलिमिटरभन्दा माथि २ सय मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ।

मौसम महाशाखाले सोमबार बिहान ७ बजेसम्म गरेको वर्षाको अपडेटअनुसार विगत २४ घण्टामा सबैभन्दा धेरै चितवनको त्रिशूलीस्थित कालीखोलामा १७८ मिलिमिटर वर्षा भएको छ।

दोस्रोमा सबैभन्दा बढी इलामको बारफ्यालाङ स्टेसनमा १५२ मिलिमिटर तथा इलामकै सोक्तिम टी स्टेटमा १०८।८ मिलिमिटर वर्षा मापन भएको मौसम महाशाखाले जनाएको छ।

यस्तै गोरखाको बिरेनचोकमा ११७, अर्घाखाँचीको एनपी चौरमा ११४।६ मिलिमिटर र मकवानपुरको सिलिङ्गेमा १०४।६ वर्षा भएको छ।

यसैगरी रुकुम पश्चिमको मुसिकोटमा ८७।६, गुल्मीको तम्घासमा ७३।२, बागलुङको गलकोटमा ६०।४, गुल्मीकै भार्सेमा ६२, गुल्मीकै रुद्रबेनीमा ५३।६, पाल्पाको कुमालगाउँमा ७४।२, नुवाकोटको ककनीमा ५०।४ र धनकुटाको त्रिवेणीमा ४९।४ मिलिमिटर वर्षा भएको छ।

यसबाहेक देशका अन्य धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ। १० मिलिमिटरभन्दा मुनिको वर्षा हल्का र यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu