ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार परिवर्तन हुँदैन : प्रधानमन्त्री


एबीसी न्यूज
३ असार २०८१, सोमबार   १ : ४७   बजे

काठमाडौं ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सम्बन्धमा बाहिरी हल्लामा सत्यता नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार राम्रैसँग अगाडि बढ्ने दाबी गर्नुभयो ।

“सरकार अगाडि जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने रियूमरहरुमा कुनै सत्यता छैन । यो समीकरण राम्रैसँग जाने छ”, सरकारमा रहेका दलहरुबाट सरकार प्रति सार्वजनिक असन्तुष्टिका सन्र्दभमा पत्राकारहरुले उठाएको जिज्ञासामा जवाफ दिँदै प्रधानन्त्रीले भन्नुभयो ।

उहाँले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको निति तथा कार्यक्रम र बजेटका विषयलाई लिएर दिनुभएको असन्तुष्टिलाई पनि ठुलो रुपमा हेर्न नहुने तर्क गर्नुभयो ।

“केपी ओली जीले पनि असन्तुष्टि जस्तो मात्रै पो गर्नुएभएको हो । असन्तुष्टि नै गर्नुभाछैन नि”, प्रधानमन्त्री प्रचण्डको जवाफ थियो । उहाँले पछिल्लो गठबन्धन सरकारको सय दिन सन्तोष जनक रहेको पनि बताउनुभयो ।

“सरकारको सय दिन समग्र रुपमा सन्तोष जनक र राम्रो नै छ । निति तथा कार्यक्रम र वजेट जनताको पक्षमा राष्ट्रको पक्षमा प्रस्तुत भएको छ । यो राम्रैसग प्रतिनिधी सभावाट पारित हुने छ” उहाँले भन्नुभयो ।

उहाँले सरकारले सुशासन, सामाजिक न्याय र सम्वृद्धिका क्षेत्रमा पनि थुप्रै सकरात्मक पहलहरु अगाडी बढाएको धारणा राख्नुभयो । सरकारका सय दिन सन्तोष जनक रहदा रहदै पनि अझै नजभावना अनुसारका कामहरु भने हुन नसकेको उहाँको भनाइ छ ।

“यो ९सरकारको सय दिन ० सन्तोष जनक छ । तर पनि अझै पनि राष्ट्र र जनतको अपेक्षा अनुसार गति दिन आवश्यक छ भन्ने ठानेको छु”, उहाँले स्पष्ट शब्दमा भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा खल्तीमा बोकेर हिँडेको भन्दै दिने अभिव्यक्ति उहाँहरुको पहिचानको अभिव्यक्ति मात्रै भएको प्रधानमन्त्रीको टिप्पणी छ ।

“रविजीले सुरुमै भन्नुहुन्थ्यो आफ्नो पहिचानका निम्ति पनि उहाँहरुले यस्तो कुरा भन्नुपर्ने आवश्यकता होला । तर मैले बुझे अनुसार त्यस्तो केही पनि छैन” उहाँले भन्नुभयो ।

उहाँले अहिले आइजिपी पनि परिवर्तन नहुने धारणा राख्नुभयो ।

“अस्ति तीन जना आइजिपीहरुलाई बोलाएरै मैले भनेको छु । अहिले आइजिपी परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुस् भनेको छु”, उहाँले पत्रकारहरुसँग पनि भन्नुभयो, “आइजिपी परिवर्तन हुन्छ भन्ने कुरा रुमर मात्रै हो ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group