काठमाडौं ७ असार । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
आजको बैठक नियमित होइन। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन।
तर, आजको बैठकमा रिक्त रहेका राजदूत सिफारिस हुनसक्ने बताइएको छ। यसअघि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का सभापति रवि लामिछानेबीच छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस्