ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिधाकुराको ‘फेक’ अडिओ प्रकरणमा ३ जनाविरुद्ध थप २ कसुरमा मुद्दा दर्ता


एबीसी न्यूज
१४ असार २०८१, शुक्रबार   ३ : ५७   बजे

काठमाडौं १४ असार । सिधाकुरा डटकम अनलाइनका अध्यक्ष र कार्यकारी सम्पादकसहित तीनजनाविरुद्ध अर्को मुद्दा दर्ता भएको छ।

ललितपुरको गोदावरी नगरपालिका ७ देवीचौर घर भई भक्तपुरको मध्यपुर थिमी १ मनोहरा प्लानिङ बस्ने राजकुमार तिमल्सिना, बाग्लुङको काठेखोला गाउँपालिका ६ घर भई काठमाडौँ बस्ने सिधाकुरा डटकमका अध्यक्ष युवराज कँडेल र धादिङको नीलकण्ठ नगरपालिका ५ घर भई काठमाडौँ महानगरपालिका ४ बालुवाटार बस्ने सिधाकुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगानाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो।

उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको र अपमानजनक व्यवहार सम्बन्धी कसुरमा मुदा दायर गरिएको छ। तीनै जनालाई फरार सूचीमा राखेर अदालतमा मुद्दा बुझाइएको हो।

 

सर्वोच्च अदालतको आदेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले सिधाकुराले प्रसारण गरेको डार्कफाइल अडिओको अनुसन्धान गरेको थियो। उक्त अडिओ नक्कली रहेको निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाएको थियो।

‘चारसय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ शीर्षकमा प्रसारण गरेको अडिओ फेक रहेको अनुसन्धानको निष्कर्ष छ। यी तीन प्रतिवादीले सर्वोच्च अदालत र न्यायाधीशको मान प्रतिष्ठामा आँच पु¥याई अदालतप्रति नै भ्रम उत्पन्न गराई घृणा वा द्वेष फैल्याउने कार्य गरेको अभियोग पत्रमा दाबी छ।

यस्ता कार्य गरी विद्युतीय कारोबार ऐन, अन्तर्गतको कसुर गरेको, सर्वोच्च अदालत तथा न्यायाधीश र अन्य संलग्न भनिएका व्यक्तिलाई फैसलासँग जोडी गलत भिडिओ क्लिप तयार पारी प्रसारण गरेर अपमानजनक कार्य समेतको कसुर गरेको निष्कर्ष अभियोग पत्रमा छ।

साइबर ब्युरोका प्रमुख नवीन्द अर्यालको संयोजकत्वमा रहेको छानबिन समितिले अडिओ क्लिपमा राजकुमार तिमल्सिना र उनले बताएका अधिवक्ता किशोरकुमार विष्टको सहायक भनी बताएको किशोर विष्टबीच नै अधिकांश संवाद भएको देखिएको थियो।

तर अधिवक्ता किशोरकुमार विष्टको सहायकको रुपमा काम गर्ने किशोर विष्ट नभएको अधिवक्ता किशोरकुमार विष्टले प्रहरी समक्ष बताएका छन्। राजकुमार तिमल्सिनाले भनेजस्तो विष्ट त्यहाँ उपस्थितिको औचित्यता पनि पुष्टि हुने आधार नदेखिएको छानबिन समितिको निष्कर्ष छ।

अडिओ क्लिप रेकर्ड गर्दा त्यहाँ उपस्थित भनिएका प्रमुख पात्रहरुको कुनै पनि संवाद नरहेको तथा उक्त अडिओ क्लिप रेकर्डकर्ता राजकुमार तिमल्सिनाको अडिओमा गरिएको संवादले विचाराधीन मुद्दाहरुमा के कसरी प्रभाव पार्न सक्छ भन्ने कुनै पनि वस्तुनिष्ठ आधार नदेखिएको अनुसन्धानको निष्कर्ष छ। तिमल्सिनाले भनेको मितिमा समेत उक्त अडिओ रेकर्ड नभएको परीक्षणबाट पुष्टि भएको प्रहरीको दाबी छ।

तिमल्सिनाले रेकर्ड गरेको दुई दिनपछि झापास्थित मोबाइल पसलमा अडिओ डाउनलोड गरेको बयान दिएका थिए। तर प्रहरीले झापाका सबै मोबाइल पसलमा सोधपुछ गर्दा पनि कसैले पनि तिमल्सिनालाई नचिनेकोले पनि उनले झुटा विवरण लेखाएको दाबी प्रहरीले गरेको छ।

तिमल्सिनाको मोबाइलमा उक्त अडिओ २०८१ वैशाख ५ गते साँझ साढे ७ बजे डाउनलोड गरेको देखिएको छ। उनको मोशाइलमा रहेको अडिओ वैशाख ५ गते बिहान ६ः१३ बजे तिमल्सिनाकै मोशाइलमा रेकर्ड गरेको पाइएको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। बिहान रेकर्ड गरेको अडिओ त्यसैदिन बेलुका सम्पादन गरेको फरेन्सिक ल्याबको रिपोर्टले पुष्टि गरेको छ।

प्राविधिक रिपोर्टले तिमल्सिनाले घटना विवरणमा खुलाएको विवरण झुटा भएको पुष्टि भएकाले तिमल्सिनालाई सजाय हुनु पर्ने माग गरिएको छ।

यस्ता सामग्री प्रसारण गरेर सिधाकुराका अध्यक्ष कँडेल र कार्यकारी सम्पादक ढुंगानाको पनि कसुर पुष्टि हुने दाबी गरिएको छ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिनु पर्ने पनि माग छ।

अर्को अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था कानुनमा छ। कसुर गर्न प्रयोग गरिएका सम्पूर्ण सामग्री पनि जफत गर्न माग गरिएको छ।

यी तीन प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पनि मानहानिको मुद्दा विचाराधीन छ। उक्त मुद्दा ९ न्यायाधीशको इजलासमा पेस हुने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu